Rashtriya Yuva Jagaran
Online Digital News

विश्व नेपाली साहित्य महासंघ जापान : लुकेका साहित्यिक प्रतिभालाई बाहिर निकाल्दै

रविन्द्र दिखुक्पा
टोकियो, जापान, २८ श्रावण २०७६ मंगलबार । जापानलाई कर्मभूमि बनाएर बसेका प्रतिभावान साहित्यिक स्रष्टाहरुलाई समाजमा उतार्ने उद्देश्यका साथ विश्व नेपाली साहित्य समाज जापानले पहिलो कार्यक्रम सम्पन्न गरेको छ । जपानको राजधानी टोकियोमा आयोजित सस्था परिचय तथा रचना वाचन कार्यक्रममार्फत जापानमा रोजीरोटी खोज्दै आफ्ना कला तथा प्रतिभा बाहिर निकाल्न नसकेका व्यक्तिहरुलाई समाजमा उतार्न आयोजिन कार्यक्रमको प्रमुख अतिथि गैर आवासीय नेपाली संघ, अन्तराष्ट्रिय समन्वय परिषद् सदस्य ओम गुरुङले रेका थिए भने संस्थाका अध्यक्ष देवी बहादुर ईङ्नामले कार्यक्रमको सभापतित्व ग्रहण गरेका थिए ।
सो कार्यक्रममा एनआरएनए एनसीसी जापानका जापानका वरिष्ठ उपाध्यक्ष देवीलाल भण्डारीको विशेष आतिथ्य रहेको थियो भने विशिष्ट अतिथी गिरी प्रसाद गुरुङ र बिशेष अतिथी देवीलाल भण्डारीले शुभकामना मन्तव्य राख्दै संस्थालाई शुभकामनासहित सहकार्यको प्रतिबद्धता व्यक्त गरेका थिए । जापानका विभिन्न संस्थाहरू तमु धीं जापानका अध्यक्ष तथा एनआरएनए एनसीसी जापानका महिला उपाध्याक्ष अनिता गुरुङ, थकाली सेवा समाजका अध्यक्ष बुद्धी गौचन, पूर्वी नेपाल विकास सहकार्य केन्द्रका अध्यक्ष शुभाष लोहनी र किरात याक्थुङ चुम्लुङका सचिव बाल बिक्रम तिगेलाले समेत जापान शाखालाई शुभकामना दिएका थिए।
कार्यक्रममा विश्व नेपाली साहित्य महासंघका केन्द्रीय सदस्य भुवन रोकाले संस्थाको विषयमा प्रकाश पार्दै एकआपसमा परिचयात्मक कार्यक्रममार्फत कार्यक्रमको औपचारिक सुरुवात गराएका थिए ।
कार्यक्रममा विजय स्याङबो, शिवराज राई, विमन किराती, दिलीप राई, गंगा गगन, सयपत्री थुलुङ, आईन्द्र राई “आँकुरा”, सुगम साकुरा, दीप मुस्कान लगायत करिव डेड दर्जन जति साहित्यकारहरूले आफ्ना कविता, गजल, मुक्तक, हाइकु लगाएतका रचनाहरू प्रस्तुत गरेका थिए।
कार्यक्रममा सभापति देवी बहादुर ईङनामले जापानमा सबै संघ सस्थाहरुसंग सहकार्य गर्दै विदेशमा नेपाली साहित्यको संरक्षण, सम्वर्धन र प्रवर्धन गर्ने प्रतिबद्धता ब्यक्त गर्दै यस कार्यमा सबै संघ संस्था लगायत सर्जकहरूको सहयोगको अपेक्षा समेत गर्दै कार्यक्रम समापन गरेका थिए। कार्यक्रममा सचिव बिमन किरातीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए भने संस्थाका महासचिव रविन्द्र दिखुक्पाले बिच बिचमा आफ्ना चोटिला रचनाहरू सुनाउदै कार्यक्रम सञ्चालन गरेका थिए।

Leave A Reply

Your email address will not be published.