Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्य सिद्धि होस् – २०७६ भदौ ०१ गते आइतबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं

वि.सं. २०७६ भाद्र १ गते, आइतबार (२०१९ अगस्ट १७), भाद्रकृष्ण तृतीया

मेष
मेषविहानी पख केही सकारात्मक कार्यहरु थालिएता पनि पछि समस्या तथा अवरोधहरु सृजना हुनेछन् । सञ्चित धन खर्च हुनेछ । आफन्तजनसँग मनमुटावको स्थिति सृजना हुनेछ । बोलिकै कारणले कार्यहरु विग्रने छन् ।
बृष
बृषनयाँ वस्तुको उपभोग गर्न पाइनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । खुसीयाली पल रहनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्नेछ । अवसरहरुले पछ्याउने छन् । नयाँ योजना रचिनेछ ।
मिथुन
मिथुनसरकारी क्षेत्रका कार्यहरुले पूर्णता पाउने छन् । ठूला व्यक्तिसँग सम्बन्ध विस्तार हुनेछ । सहयोगीहरु थपिने छन् । कार्य क्षेत्रमा आफ्नो छुट्टै पहिचान राख्न सकिने छ भने नेतृत्वदायी भूमिका समेत मिल्ने देखिन्छ ।
कर्कट
कर्कटपरिश्रमको प्रतिफल पाउन प्रतिक्षा गर्नु पर्नेछ । शारीरिक कमजोरीले नछाडे पनि केही सुधार भने हुनेछ । मान्यजनसँग विवाद बढ्न सक्छ, बोलि वचनमा विचार पु¥याउनु होला । धार्मिक आस्था जाग्नेछ ।
सिंह
सिंहदिनको शुरुवातिमा केही सकारात्मक फल मिलेता पनि, मध्यान्ह पछि प्रतिकुलको वातावरण बन्नेछ । सहयोगीहरुले साथ छाड्ने छन् । आफ्नै निर्णयले आँफैलाई समस्यामा पार्नेछ । चिन्ता एवं पीरले सताउनेछ ।
कन्या
कन्याआत्मबल आत्मविश्वास बढेर जानेछ । सृजनात्मक कार्यमा मन रमाउनेछ । धेरै व्यक्तिको समर्थन मिल्नाले नयाँ पदप्रतिष्ठा पाइनेछ । प्रेमीप्रेमीका एवं दाम्पत्य सम्बन्धमा सुधार हुनेछ । खुसीयाली छाउनेछ ।
तुला
तुलाविहानीको समयमा केही अन्योलता भएता पनि क्रमशः हटेर जानेछ । श्रममार्गबाट उचित प्रकारको लाभ लिन पाइनेछ । व्यापार व्यवसाय फस्टाउनेछ । शत्रू पक्ष पनि मेलमिलपमा आउनाले कार्य गर्ने वातावरण बन्नेछ ।
वृश्चिक
वृश्चिकअवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले समस्याको सृजना हुनेछ । पारिवारिक समस्याले सताउनेछ । सन्तान पक्षको साथ सहयोगले अघि बढ्दा कार्य बन्नेछन् । विद्यार्थी वर्गले अध्ययनमा अल्लि जोड दिनुपर्नेछ ।
धनु
धनुजिम्मा लिएका कार्यलाई समयमै पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । प्रेमीप्रेमीका विच शंकाकै भरमा विवाद पर्नेछ । गलत ठाउँमा लगानि गर्नाले घाटा व्यहोर्नु पर्नेछ । मातृ पक्षको साथ सहयोगले अघि बढ्दा शुभ हुनेछ ।
मकर
मकरसामान्य समस्यामा नअल्झनु होला । साथीभाई, इष्टमित्रसँगको रमाइलो भ्रमण हुनेछ । नयाँ कार्यको प्रस्ताव आउनेछ । जोखिम युक्त कार्यलाई पनि सहज तवरले गर्दा प्रशंसक बढ्ने छन् । आर्थिक पक्ष बलियो रहनेछ ।
कुम्भ
कुम्भदोधारेपनले गर्दा निर्णय लिन गाह्रो पर्नेछ । बाध्यताको कष्टकारी यात्रा हुनेछ । हतारको निर्णयले समस्यामा पार्न सक्छ, कुटुम्ब पक्षको सहयोगले कार्य गर्नुहोला । अचल वस्तुको लगानिले दीर्घकालीन लाभ मिल्नेछ ।
मीन
मीनपूर्वान्हमा खर्चभार बढेता पनि पछिल्लो समयमा सुधारको संकेत देखिन्छ । धेरै क्षेत्रमा आफ्नो प्रभुत्व रहनेछ । सोचे अनुरुप लाभ मिल्दा नयाँ लगानि गरिनेछ । प्रतिष्पर्धात्मक कार्यमा विजयी भइनेछ ।

Leave A Reply

Your email address will not be published.