Rashtriya Yuva Jagaran
Online Digital News

लोक गायक दिपेन्द्र राई ‘नेपाल लोक स्टार’ को टप १२ चढ्न सफल- भिडियोसहित

रायुजा संवाददाता
इटहरी, ०१ भदौ २०७६ । ‘मालिंगो काटी’ नै लै लै बिनायो बाजा’ जितेन राईको पूर्वेली लोक भाकाको सांगीतिक कोसेलीलाई जिवन्त बनाउँदै नेपाली लोक संस्कृतिको मौलिक प्रतिष्पर्धामा खरो उत्रिएका लोक गायक दिपेन्द्र राई एपिवान टेलिभिजनको रियालिटी शो ‘नेपाल लोक स्टार’को टप १२ मा चढ्न सफल भएका छन् ।
नेपालकै सबैभन्दा ठूलो मौलिक रियालिटी शो भनिएका ‘नेपाल लोक स्टार’को पहिलो सिजनको उत्कृष्ट १२ मा प्रदेश नम्बर १ स्थित भोजपुर जिल्लाका दीपेन्द्र राई पुग्न सफल भएका छन् । नेपालकै सर्वाधिक पुरस्कार राशिको यस रियालिटी शोको विजेताले ५० लाख नगद, दोस्रो हुनेले २५ लाख नगद तथा तेस्रो हुनेले १० लाख नगद पुरस्कार तथा उत्कृष्ट १२ जनाले विश्व भ्रमण प्याकेज पाउनेछन् ।
भोजपुरको आमचोक गाउँपालिका-१०, निवासी ३५ वर्षीय दीपेन्द्र राईले इटहरीमा भएको प्रदेश नम्बर १ को अडिसनमा पूर्वेली पहिरनमा “ धरान धनकुटा भेडेटार ” बोलको गीत गाएर छनोट भएका थिए । काठमाडौंमा भएको मेगा अडिसनमा दौरा सुरुवाल तथा ढाका टोपीमा सज्जिएका राईले “ रिङ्के बुङको रागालाई चुङ्के बुङ्को चुलेशिले ” बोलको पूर्वेली गीत गाएका थिए । बच्चैदेखि संगीतमा रुचि राख्ने राईले गाउँकै विद्यालयबाट एसएलसीसम्मको पढाइ पुरा गरेका हुन् ।
हाल उनी सुनसरी जिल्ला इटहरीको भोजपुरे टोलमा बसो बास गर्दै पूर्वाञ्चल संगीत विद्यालयमा प्रशिक्षक लिएका थिए भने अहिले अल्फा म्युजिक स्कूलमा गणेश रिजालको शास्त्रीय संगीतका विद्यार्थी हुन् भने संगीत छेत्रमा सुरुका दिन देखि अहिले सम्म रुद्र श्रेष्ठको साथमा रही गीत संगीतको काम गदै आएका छन् दिपेन्द्र राई ।

Leave A Reply

Your email address will not be published.