Rashtriya Yuva Jagaran
Online Digital News

प्रदेश १ मा डेंगु निःशुल्क उपचार खोई ? कहाँ गरिन्छ ?

विराटनगर, ०१ भदौ, २०७६ । देशभरबाट सबैभन्दा बढी डेंगो संक्रमित रहेको १ नम्बर प्रदेश सरकारले डेंगोको निःशुल्क उपचार हुने घोषणा कार्यान्वयनका सन्दर्भमा सांसदहरुले प्रश्न गर्न थालेका छन– डेंगो निःशुल्क उपचार खोई ? कहाँ पाईन्छ उपचार ? उपचार पाए नपाएको अनुगमन गर्नुपर्छ कि पर्दैन ?
एक नम्बर प्रदेश सभाको आइतबारको बैठकको शुन्य समयमा बोल्दै साँसद अम्बिका थापाले उक्त कुरा राखेकी हुन् । सांसद थापाले धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले चेकजाँचकै क्रममा चर्को मूल्य असुल्ने परिपाटी रहेको औंल्याएकी छन् । उनले धरानको चर्च टोलका बिरामीहरुलाई यस्तो गरिएको उदाहरण प्रस्तुत गरिन् । उनका अनुसार डेंगु भए नभएको पत्ता लगाउने बहानामा गरिने चेकजाँचमा नीजि र सरकारी अस्पतालहरुमा चर्को मुल्य असुल्ने गरिएको छ ।
चर्को मूल्य तिरेर रगत परिक्षण गराइसकेपछि डेंगु भएको पत्ता लागेमा समान्य औषधी दिएर पठाउने गरिएको छ । साँसद थापाले प्रदेश सभामा भनिन , – ‘यसैले डेगु रोगीलाई निःशुल्क उपचार गरिदिने कुरा घोषणा मै सिमित हुन पुगेको छ सरकारले प्रत्यक्ष स्थलगत अनुगमन गरोस ।’,

Leave A Reply

Your email address will not be published.