Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्य सिद्धि होस् – २०७६ भदौ ०२ गते सोमबार

पूपूरोमा जे लेखिए पनि जिम्मेवारी र कर्तव्यका साथ कर्म गर्ने प्रयत्न नछाडौं

वि.सं. २०७६ भाद्र २ गते, साेमबार (२०१९ अगस्ट १८),

भाद्रकृष्ण चतुर्थी

मेष
मेषखर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन गाह्रो पर्नेछ । स्वास्थ्यमा एक्कासी समस्या देखिन सक्छ, खानपानमा विचार पु¥याउनु होला । अनावश्यक कार्यमा भुल्दा महत्वपूर्ण अवसर गुम्नेछ । संयम रहनु होला ।
बृष
बृषपढाइमा चासो रहनेछ । पारिवारिक सहयोगले गर्दा महत्वपूर्ण कार्यमा सफल भइनेछ । आयमूलक कार्यमा ध्यान जानेछ । व्यापार व्यवसायमा नयाँ ज्ञान तथा सिपको प्रयोगले गर्दा आयदर बढाउन सकिनेछ ।
मिथुन
मिथुनआध्यात्मिक चिन्तन रहनेछ । कर्म क्षेत्रमा नयाँ अवसर मिल्नेछ । सानो प्रयासले नै ठूला कार्य बन्नेछन् । मान्यजनसँग सहकार्य गर्ने अवसर मिल्दा खुसी लाग्नेछ । मायाप्रेमको बन्धन कसिलो बन्नेछ ।
कर्कट
कर्कटस्वास्थ्य सामान्य बन्दै जानेछ । सकारात्मक सोच विचार आउनेछ । ढिलै भए पनि परिश्रमको मूल्यांकन पाइनेछ । धार्मिक यात्राको संभावना देखिन्छ । अध्ययन अध्यापन क्षेत्रमा अल्लि मन दिनुपर्नेछ ।
सिंह
सिंहशैक्षिक गुणस्तरमा ह्रास आउनेछ । मनमा शंका उपशंका उब्जनाले कार्य गर्न गाह्रो पर्नेछ । आफ्ना लागि भन्दा अरुका काम व्यवहारमा खट्नु पर्नेछ । अरुको भर विश्वासमा पर्दा महत्वपूर्ण अवसरमा पछि परिनेछ ।
कन्या
कन्याआर्थिक पक्ष मजबुत बन्नेछ । काम गरेर धैरै व्यक्तिलाई आकर्षित गर्न सकिनेछ । कलात्मक कार्यमा ध्यान जानेछ । प्रीयजनसँगको रमाइलो पल बित्नेछ । महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्ने देखिन्छ ।
तुला
तुलाछैटौं भावको चन्द्रमा ग्रहले सामान्य अन्योलको वातावरण बनाउन सक्छ, मान्यजनको सल्लाहमा अघि बढ्नु होला । व्यवसाय फस्टाउनेछ भने लगानि समेत गरिनेछ । आर्थिक पक्ष मजबुत रहँदा नयाँ लगानि गरिनेछ ।
वृश्चिक
वृश्चिकअध्ययन अध्यापन एवं प्रतिष्पर्धात्मक काम व्यवहारमा केही प्रगति भएता पनि सन्तान एवं परिवारजनको सहयोग पाइने छैन । आर्थिक पक्ष सामान्य नै रहनेछ । स्वास्थ्य कमजोरी यथावत् रहनेछ ।
धनु
धनुकठोर बोलि व्यवहारका कारण बन्नै आँटेका कार्य समेत विग्रने छन् । असहज वातावरण बन्नाले दैनिक कामकाजमा समेत बाधा अड्चन आउने छन् । धन भएर पनि सही स्थानमा लगानि गर्न सकिने छैन ।
मकर
मकरछोटो रमाइलो यात्राको अवसर मिल्नेछ । पराक्रम भावको चन्द्रमा ग्रहका प्रभावले यश कृति बढ्नेछ । परिश्रमको उचित मूल्यांकन पाइनेछ । दाजुभाइको सहयोगले महत्वपूर्ण कार्य बन्नेछ । खुसीको खबर पाइनेछ ।
कुम्भ
कुम्भदोधारेपनले निर्णय लिन गाह्रो पर्नेछ, कुटुम्बको सहयोगले कार्य गर्दा सफल भइनेछ । अरु व्यक्तिको विश्वासमा आर्थिक कारोवार नसुम्पनु होला । परिवारजनको चिन्ताले सताउनेछ । पूर्व योजना बनाएर कार्य गर्नुहोला ।
मीन
मीनप्रशंसकहरु थपिने छन् । विशेष कार्यको नेतृत्व गर्न पाइनेछ । पूराना समस्यालाई हल गर्दै नयाँ संझौता गर्ने समय रहेको छ । विशिष्ट कार्यमा अतिथिको सत्कार पाइनेछ । घरायसी समस्या हल भएर जानेछ ।

Leave A Reply

Your email address will not be published.