Rashtriya Yuva Jagaran
Online Digital News

कतारमा स्वर्गीय लिम्बुको परिवारप्रति श्रद्धाञ्जली, ललित छात्रवृत्ति कोष स्थापना

रायुजा संवाददाता
कतार, ६ साउन, २०७६ । कतारको सामुन्द्रिक तटमा पौडी खेल्ने क्रममा निधन भएका ललित लिम्बु, श्रीमानको समाचार सुन्न नसकेर आत्महत्या गर्न पुगेकी उनकी धर्मपत्नी टिका कुमारी थापा लिम्बु र उनको पेटभित्रै रहेको ७ महिनाको बच्चासहित तीनै जनाको लागि धनकुटा सेवा समाज कतार र प्रदेश १ समन्वय परिषद् कतारले संयु्क्त रुपमा श्रद्धाञ्जली कार्यक्रमको आयोजना गर्दै हाल धनकुटामा सञ्चालन रहेको छात्रवृत्तिलाई रुपान्तरण गरेर ललित छात्रवृत्ति कोषका रुपमा सञ्चालन गर्ने घोषणा गरिएको छ ।
धनकुटा सेवा समाज कतारका पूर्व अध्यक्ष , प्रमुख सल्लाहकार रहेका स्व. लिम्बुको उक्त श्रद्धाञ्जली कार्यक्रम कतारको गोर्खा रेस्टुरेन्टको सभाहल आयोजना गरिएको थियो ।
धनकुटा सेवा समाज कतारका कावा अध्यक्ष डिल्ली कुमार सुबेदीको सभापतित्वमा भएको कार्यक्रममा प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, धनकुटा सेवा समाज कतारका सस्थापक अध्यक्ष, बर्तमान संरक्षक तुलसी सुबेदी, प्रदेश नम्बर १ समन्वय परिषद कतारका उपाध्यक्ष दुर्गा प्याकुरेल, कावा महासचिव निरन नेपाल, सल्लाहकार टीबी कार्की, सल्लाहकार चाणक पोख्रेल, धनकुटा सेवा समाज कतारका मानार्थ सदस्यद्वय दिलकिरण खजुम र केश गुमर्छन मगर, धनकुटा सेवा समाज कतारका सल्लाहकार डिएन मगर, पुर्ब अध्यक्ष दुर्गा तामांग, पाँचथर सेवा समाज कतारका अध्यक्ष खडानन्द बास्कोटा, कास्की आदर्श सेवा समाज कतारका अध्यक्ष बिश्वबन्धु थापा, समाजसेवी बुद्दिजिबि ( सागर नेपाल, तेज कटुवाल, इश्वोर काफ्ले, बिनोद भट्टराई, बालकृष्ण भित्रीकोटी, कुमार खड्का, दिपजंग शाह लगायत धनकुटेली तथा गैर धनकुटेलीहरुको बाक्लो उपस्थिति रहेको थियो ।
कार्यक्रममा १ मिनेट मौन धारण गरि पूर्व अध्यक्ष ललित लिम्बु र धर्मपत्नी टिका कुमारी थापा लिम्बुको चिर शान्तिको कामना गर्दै तस्विरमा माल्यार्पण गरि श्रदान्जली अर्पण गरिएको थियो । पूर्वअध्यक्ष लिम्बुको गत ११ अगस्ट २०१९ मा समुन्द्रमा पौडी खेल्ने क्रममा कतारको अलखोर भन्ने स्थानमा पानीमा डुबेर निधन भएको थियो । त्यसको १ दिन पछि वहाको धर्मपत्नी गर्भवती टिका कुमारी थापा लिम्बुले पनि झुन्डिएर आत्महत्या गर्न पुगिन् । मृतकको पेटमा ७ महिनाको गर्भ रहेकोले पोस्टमार्टम गरि बच्चाको सब निकालिएको र मृतक ३ जनाकै शबलार्इ जन्मस्थान धनकुटा सांगुरिगढ़ीमा दाहसस्कार गरिएको थियो ।
कार्यक्रममा धनकुटा सेवा समाज कतारका सस्थापक अध्यक्ष, बर्तमान सम्रक्षक तुलसी सुबेदी स्व. ललित लिम्बुको व्यक्तित्वको बारेमा बताउनु भएको थियो । प्रदेश नम्बर १ समन्वय परिषद कतारका अध्यक्ष चुडामणि कार्की, सल्लहकार चाणक पोखरेल, टीबी कार्की, सल्लहाकार तथा धनकुटा सेवा समाजका मानार्थ सदस्य दिल किरण खजुमले शोक मन्तब्य राख्दै मृतक श्रदान्जली व्यक्त गर्दै कतारमा गरेका कार्यहरुको सराहना गरेका थिए । अन्तमा कार्यक्रम समापन गर्दै काबा अध्यक्ष डिल्ली कुमार सुबेदीले उपस्थित सम्पुर्णलाई धन्यबाद दिदै धनकुटा सेवा समाज कतारले धनकुटा जिल्लाका बिधालयहरुमा प्रदान गर्ने छात्रवृत्तिलाई अब ललित छात्रवृत्ति भनेर दिने घोषणा गर्नु भयो । कार्यक्रम संचालन धनकुटा सेवा समाज कतारका महासचिव रबिन मगरले सञ्चालन गरेका थिए ।

Leave A Reply

Your email address will not be published.