Rashtriya Yuva Jagaran
Online Digital News

जनमतको कदर गर्न सिकौं

पत्रकार रवि लामिछाने अदालतको आदेशमा छुटेपछि ति तमाम उनका समर्थकहरु जो नेपालका ७७ जिल्लाबाट स्वस्फुर्त रुपमा चितवन पुगेका थिए, तिनीहरुको सम्मानमा धन्यवाद सभाको आयोजना गरे । अहिलेसम्म कति राजनीतिक दलहरु आए, कतिले जिते, कतिले हारे न जित्नेले यसरी धन्यवादसभाको आयोजना गरेका छन् नत हार्नेले ।

मतदान नहुञ्जेल जनतालाई शिरोपर गर्ने नेताहरुले जितेर सांसदको पथरी गुथ्ने वित्तिकै त्यो मतदातालाई भन्छन– तिमीले भोट हाले भन्छौं कुनै काम लिनलाई हो कि ?  तिमीले हालेको जस्तो लाग्दैन । त्यसपछि त्यो तितो बोकेर त्यो मतदाता अर्को ठाउँको खोजीमा भौतारिन्छ र रवि लामिछाने झै प्लेटफर्ममा पस्दछ । यसर्थ आफ्ना मतदाताको सम्मान गर्न रविको धन्यवादसभाले महत्वपूर्ण पाटो सिकाएको छ । अर्को त्यस कार्यक्रम हुँदा हुँदै उपस्थित सबैलाई कुनै पनि प्रकारको फोहोर यहाँ रहनु हुन्न भनेर सफा चितवन बनाएर उनीहरुलाई फर्कनसक्ने वातावरण बनाउन सफल भए । उक्त कार्यक्रमबाट रविले हजारौं देश विदेशका शुभचिन्तक, समर्थकहरुलाई आफू जुन ठाउँमा छु त्यही ठाउँबाट देश र जनताको सेवामा अनवरत रुपमा गरिरहने र समर्थकहरुको मन भाँचिन नदिने बाँचा समेत गरेका थिए । उनले भनेका छन् जे सकिन्छ त्यो बोल्ने र जे बोलिन्छ त्यो गरेर छाड्ने आफ्नो बानी रहेको र सबैलाई त्यसैमा समाहित भएर अगाडि बढ्न आग्रह समेत गरे ।
पत्रकार शालिकराम पुडासैनी आत्महत्या प्रकरणमा पक्राउ परेका पत्रकार रवि लामिछानेको रिहाइको माग गर्दै उर्लिएको जनसागरले के स्पष्ट पारेको छ भने अब कुनै पनि कार्यकर्ता पार्टीको झोला मात्र बोकेर बस्न सक्ने अवस्थामा छैन । उ परिवर्तन चाहान्छ । परिवर्तन जहाँबाट हुन्छ उ त्यहाँ जान्छ । हिजो यिनै युवा पार्टीका मान्छे थिए आज तिनै मान्छे सरकारका कामकारवाहीका विरुद्धमा छन् ।

अबको जनता के राम्रो र के नराम्रो स्पष्ट रुपमा छुट्याएर हिंड्न सक्न भईसकेको छ । सरकार र पार्टीहरुका लागि यो एउटा चुनौति पनि हो कि मतदानमा पाएको मतकै आधारमा राजनीति गरिरहनु गलत रहेछ । जबसम्म जनताको जनजिविसका सन्दर्भमा स्वास्थ्योपचार, शिक्षा र रोजगारीका लागि कुनै पनि पार्टी वा सरकार सामाजिक अभियानका रुपबाट निष्पक्ष ढंगबाट काम गर्न तयार हुँदैन, जब निर्वाचनमा पाएको मतको आधारमा उनीहरुको दम्भ घट्दैन, उनीहरुको जिवन शैली र पुरातनवादी शैली र संस्कारमा परिवर्तन आउँदैन र जबसम्म पीडितको पक्षमा उनीहरु उभिँदैनन तबसम्म अब जनताले तिनीहरुलाई पत्याउन अब कठिन देखिन्छ ।

देशमा नयाँ शक्तिको खोजी हुँदै गर्दा स्वच्छ, दिग्गज पार्टीभित्रका युवा नेता र बाहिरका पूर्व डिआईजी रमेश खरेल, पत्रकार रवि लामिछाने, सामाजिक अभियन्ता ज्ञानेन्द्र शाही, विद्युत प्राधिकरणका प्रमुख कुलमान घिसिङ जस्तै व्यक्तित्वहरुको खोजी सुरु भएको सन्देश यो जनसहभागिताले देखाएको । यो कुनै भेडाको बथान होइन । यो सचेत युवाहरुको आवज हो । देशमा निष्पक्ष, स्वतन्त्र न्यायलय हुनुपर्दछ । रिस उठेको भरमा कुनै व्यक्तिलाई आपराधिक क्रियाकलापमा संलग्न रहेको प्रमाणित गर्न मिल्दैन भन्ने सन्देश पनि हो ।

यो तिनै भेडा हुन जसले माथिल्लो स्तरका भेडाहरु उत्पादन गरेर प्रधानमन्त्री, मन्त्रि र सभाषद, सभामुख, उपसभामुख, अध्यक्ष, उपाध्यक्ष मात्र होइन राष्ट्रपति समेत बनाउन अहोरात्र खटेर निर्वाचनमा मतदान गरेर जिताएका छन् । तिनीहरु आज सरकार, राजनीतिक दल वा उच्च ओहदाधारी जो तिनै भेडाहरुको मतबाट आज राज्यसत्ताको चरम स्वाद चाख्न पाइराखेका छन् तिनीहरुलाई चाहि उपमा चाहि के हुने ? यसर्थ जनमतको अपमान होइन कदर गर्न सिक्नु जरुरी छ । नत्र भेडाको बथानमा भेडै हुन्छ ?

Leave A Reply

Your email address will not be published.