Rashtriya Yuva Jagaran
Online Digital News

प्रदेश १ मा सुरु भयो भिडियो संवाद कार्यक्रम

रायुजा संवाददाता
विराटनगर, २५ भदौ २०७६ बुधबार । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशबाट समेत भिडियो कन्फ्रेन्स मार्फत बैठक गर्न थालेपछि त्यसको असर प्रदेश तथा जिल्लामा पनि देखिन थालेको छ । प्रदेश १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयल जिल्लाका प्रमुख जिल्ला अधिकारीसँग समेत भिडियो संवाद कार्यक्रम सुरु गरेको छ ।
जिल्लामा भएका गतिविधिको विषयमा जानकारी लिनका लागि मंंगलबारदेखि प्रत्यक्ष भिडियो संवाद कार्यक्रम थालिएको हो ।
आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मत कार्कीले भिडियो संवादको शुभाम्भ गर्दै एकै पटक प्रदेश १ का १४ जिल्लाका प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिनु भयो । मन्त्री कार्कीले आगामी संविधान दिवसलाई सिर्जनात्मक ढंगबाट प्रदेशका एक सय ३७ स्थानीय तहमा मनाउन र त्यसै अनुरुप तयारीमा लाग्न प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिए ।
मन्त्री कार्कीले जिल्लामा डेंगुबाट प्रभावितको उपचारको अवस्थाको विषयमा बुझेर जानकारी गराउन समेत प्रमुख जिल्ला अधिकारीलाई निर्देशित गरेका छन् ।
आर्थिक वर्ष २०७५÷२०७६ बजेटमा समावेश गरिएको प्रत्यक्ष संवाद कार्यक्रम सञ्चालनसँगै जिल्लागत सूचना लिनका लागि सजिलो हुने मन्त्रालयले जनाएको छ । मन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयमा यसको प्रवन्ध मिलाउन ४५ लाख रुपैयाँ खर्च गरेको छ ।

Leave A Reply

Your email address will not be published.