Rashtriya Yuva Jagaran
Online Digital News

उपचारको नाममा अन्धविश्वासको पराकाष्ठा, ज्यानै गयो

रायुजा संवाददाता
धादिङ ३१ भदौ २०७६ मंगलबार । कमलपित्तको उपचार गर्न झाँक्रीले पेट दुलो पारिदिएपछि समयमा उपचार नपाएर धादिङ निलकण्ठ–९ झगरेका ३९ वर्षीया राजु मगरको सोमबार निधन भएको छ ।
सोही नगरपालिका ३ का गजबहादुर लामा (झाँक्री)ले उपचारको नाममा पेट चिर्ने गरेको, रगत चुस्ने गरेको तथ्य समेत खुलेको छ । झाँक्री लामाले यस प्रकारको रोग धेरैको निको पारेको र रगतबाट विकास फ्याक्ने गरेको प्रतिक्रिया समेत दिएका छन् ।
सुईले दुलो पारिएको पेटभित्र पाकेर अशक्त भएपछि उपचारका लागि विर अस्पताल पु¥याए पनि उनको जिवन बच्न सकेन अन्ततः सोमबार उनले देहत्याग गरे ।

Leave A Reply

Your email address will not be published.