Rashtriya Yuva Jagaran
Online Digital News

नयाँ पुस्ताको लोकगितमा कब्जा जमाउँदै धादिङकी बालगायिका ११ वर्षीया कमला घिमिरे- भाइरल बनेका केही भिडियोसहित

रायुजा संवाददाता
इटहरी, ०१ असोज २०७६ बुधबार । ११ बर्षीय बालिका कमला घिमिरेले गाएको लाइभ दोहोरी अहिले युटुबमा अत्याधिक भाइरल भएको छ। अदम्य शाहसकी धनी कहिल्यै हार्न नमान्ने बालिकाको जोश र उमंगले साच्चिकै लोक दोहोरीलाई अबको पुस्ताले निकै उचाईमा हेर्न र पु¥याउन सक्ने देखिन्छ । लोकगितका किङ राजु परिवारदेखि अन्य धेरै हस्तिहरुसँग लाइभ शो इन्द्रेणीको प्लेटफर्मबाट हराईसकेकी बालिको अबको साहस अझ बढेको पाइन्छ । इन्द्रेणीले उनलाई ठूलो प्लेटफर्म दिएको छ । त्यो प्लेटफर्मलाई बढाउँदै कमला यतिखेर टेलिसिरियलहरुमा समेत छाउन थालेकी छन् । उनलाई नेपाल टेलिभिजनको मनोरञ्जनात्मक कार्यक्रम मेरी बास्सैले समेत कैद गरिसकेको छ । त्यहाँ पनि कमलाको दोहोरीकै भिडन्त देखिन्छ ।
गाउँमा भएको एउटा सामान्य कार्यक्रममा गाउँन रहर गरेकी बालिकाको प्रतिभा हेर्ने, फोटो खिच्ने र भिडियो बनाउने कामले नै उनलाई अहिले चर्चाको शिखरमा पु¥याएको मात्र छैन उनको भविष्य हिजोको अवस्थाबाट नयाँ मोडमा मोडिएको छ । यद्यपि उनी गितबाटै आफ्नो पढाईप्रतिको लगाशिलतालाई अत्यन्तै मार्मिक शब्दहरुबाट भन्दै पढाईमा अब्बल नै रहिरहने र सँगै आफ्नो गायनलाई अगाडि बढाउने उनको उद्देश्यलाई अहिलेसम्म मिलेको साथले पक्कै सार्थकता दिनेछ ।
मै हु भन्ने गायक गायिकालाई समेत पछाडी पार्दै लाइभ दोहोरी गएकी छिन् ११ बर्षीय बालिका कमला घिमिरेले । शिशिर भण्डारी र अमृत सापकोटालाई समेत पछाडी पार्दै कमलाले आफ्नो दोहोरीमा कब्जा गरेकी हुन। सुन्दा धेरैलाई लाग्छ अचम्म यति धेरै कला कहाँ बाट आयो यति सानै उमेरमा भने प्रश्न सबैको मनमा उठेको छ अहिले । कमलाको लाइभ दोहोरीले सबैको मन तानेको छ ।
अहिले कमलाको लाइभ दोहोरी भिडियो हेर्ने लाखौं दर्शक छन् । सुन्दर जिल्ला धादिंगको माटोले प्रतिभाशाली थुप्रै व्यक्तिहरुलाई जन्म दिएको छ । पृथ्वी राजमार्ग हुंदै फुर्के खोलाबाट बाटो छुटिदा केहि समयको यात्रापछि पुगिन्छ, धादिंग जिल्लाको सदरमुकाम, धादिंग बेशी । धादिंग बेशीबाट २० मिनेटको यात्रा तय गरेपछि कमला घिमिरेको घर पुगिन्छ । सामान्य परिवारमा जन्मेकी कमला अहिले परिवार र आफन्तहारको आखाँको नानी बनेकी छिन् । दर्शकहरुको चाहाना अनुसार अहिले कमला काठमान्डौ आएकी छिन् ।
पछिल्लो समय युटुब देखि समाजिक् संजाल सबैतिर भाइरल भएकी ११ बर्षीय बालिका कमला घिमिरे अन्तत इन्द्रेणीमा आएकी छिन। कृष्ण कंडेलले संचालन गर्ने इन्द्रेणीमा अहिले लाइभ दोहोरी गाउदै छिन् । उनको ठुलो चाहना थियो इन्द्रेणी सम्म पुग्ने उक्त चाहना आज पुरा भएको छ । शिशिर भण्डारी र भाग्य न्यौपानेसंग भाइरल कमल र टिका सानुसंग कडा दोहोरि १ साथमा राजु परियार‘।हेर्नुहोस् भिडियो‘।

Leave A Reply

Your email address will not be published.