Rashtriya Yuva Jagaran
Online Digital News

यसै वर्ष नेपालमा ठूलो प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’ आयोजना हुने : नवनिर्वाचित क्यान अध्यक्ष चन्द

रायुजा डेक्स
विराटनगर, १२ असोज २०७६ आइतबार । नेपाल क्रिकेट संघका नवनिर्वाचित अध्यक्ष चतुरबहादुर चन्द विजयसँगै देशलाई क्रिकेटको देश भनेर चिनाउने अभियानको लागेको प्रतिक्रिया दिएका छन् । उनले यसै वर्षभित्र नेपालमै सबैभन्दा ठूलो प्रतियोगिता ‘नेपाल प्रिमियर लिग’को आयोजना गरेर नेपाललाई ‘टेष्ट नेशन’ रुपमा विश्वलाई चिनाउने अभियानमा लागेको विजयपछि पत्रकारसँग कुराकानी गर्दै बताएका छन् ।
शनिबार संचारकर्मीसँग प्रतिक्रिया दिँदै अध्यक्ष चन्दले एकदिवसीय मान्यतालाई कायम राख्दै यसलाई अधिकतम सदुपयोग गर्नेमा ध्यान केन्द्रित गर्ने बताएका छन् ।
एकदिवसीय मान्यतालाई कायम राख्दै यसलाई अधिकतम सदुपयोग गर्ने ध्यान केन्द्रित गर्छौं,ु उनले भने, नेपाललाई इमर्जिङ कन्ट्रीबाट टेस्ट नेसन बनाउने गरी तयारी शुरु भइसकेको छ। यसलाई व्यवस्थित तरिकाले प्लान बनाएर अघि बढ्छौं।
चन्दले भने मैले सर्वसम्मतरुपमा नेतृत्व चयन गर्नुपर्छ भनेर पहल गरेको थिएँ। त्यही पनि लोकतान्त्रिक पद्धति र स्वतन्त्र तरिकाबाट निर्वाचन भएपछि एउटा टिमले जितेको छ। यसमा केही साथीहरुले हार्नु पनि भएको छ। मैले यसलाई धेरै उत्साहको रुपमा लिएको छैन। नेपाल क्रिकेट संघ क्यानमा चुनौती छ।
सबैको आँखा नेपाली क्रिकेटलाई राम्रो बनाउँ भन्नेमा केन्द्रित छ। हामीसँग नेपाली क्रिकेट खेलाडी र खेलप्रेमी सबैको अपेक्षा ठूलो छ। अब नेपाली क्रिकेटले नयाँ तरिकाले निकास पाउँछ र विवादरहित तरिकाले अघि बढ्छ भन्नेमा म विश्वस्त छु। हामी धेरै उत्साहित हुनुभन्दा पनि जिम्मेवारीले गर्दा हामी सजग छौं।
मैरो कार्यकालमा क्यानको पारदर्शीतामा कहीँ कतै प्रश्न उठाउने ठाउँ दिन्नँ। त्यसका लागि पहिलो दिनदेखि नै प्रयास गर्नेछु। नेपाली क्रिकेटका लागि विश्वकपमा सहभागिता जनाउनु पनि एउटा सपना हो। त्यसका लागि अहिले पाएको एकदिवसीय मान्यतालाई कायम राख्दै यसलाई अधिकतम सदुपयोग गर्नेमा ध्यान केन्द्रित गर्छौं। नेपाललाई इमर्जिङ कन्ट्रीबाट टेस्ट नेसन बनाउने गरी तयारी शुरु भइसकेको छ। यसलाई व्यवस्थित तरिकाले प्लान बनाएर अघि बढ्छौं।
घरेलु क्रिकेटको संरचनालाई संघीयता अनुरुप प्रदेशिक क्रिकेटलाई सबैभन्दा सशक्त बनाउने प्रयास गर्छु। सम्पूर्ण क्रिकेटको विकासको जिम्मा प्रदेशलाई दिने र नेपाल क्रिकेट संघले सुपरिवेक्षण गर्ने गरि काम गर्ने लक्ष्य छ। नेपाली क्रिकेटको विकासका लागि घरेलु संरचना बलियो हुनुपर्छ।
अब जिल्ला छनोट हुँदै विभिन्न प्रतियोगिताहरु अविलम्ब शुरुहुन्छ। एक दिवसीयलाई बलियो बनाउने व्याकअपका रुपमा रहेको दुई दिवसीय क्रिकेटलाई पहिलो प्राथमिकतामा राख्छौं। काठमाडौंमा मात्रै क्रिकेटलाई सिमित गरेर धेरै अगाडी बढ्न सक्दैन्। त्यस कारण घरेलु प्रतियोगिताहरु अधिकतम बढाउन चाहन्छौं।
हाम्रो जिम्मामा नेपाली क्रिकेट १३ अक्टोबर पछि आउँछ। अघि पनि आईसीसीका प्रतिनिधिसँग कुरा भएको थियो। उहाँले दशैं आरामसँग मनाउनुस त्यसपछि तपाईको जिम्मामा आउँछ भन्नु भएको छ। त्यो भन्दैमा हामी आरामले बस्ने अवस्था छैन्। अब हामीले आईसीसीलाई निलम्बन फुकुवाका लागि निर्णय गरेर पठाउनु पर्ने छ।
आईसीसीले दिएको रोडम्याप अनुसार हामीले काम गरेकाले यसको जानकारी गराउनु पर्छ। त्यो हाम्रो पहिलो काम हुने छ। आईसीसीले क्यानमा आर्थिक पारदर्शीता हुन सकेन भनेर ६ वर्षदेखि शंकाको दृष्टिले हेर्दै आएको छ। यस विषयमा हामीले आईसीसीलाई कन्भिन्स गराउने काम गर्छौं। हामीले अब विवादहुने खालको काम गर्दैनौं भनेर बुझाउन जरुरी छ।
क्रिकेटको विकासका लागि सबै एक जुट भएर लाग्छौं। सबै पदाधिकारी क्रिकेटमा पोख्त छन् भन्ने होइन, यसलाई राम्रो बनाउनका लागि दक्ष जनशक्तिको आवश्यकता पर्छ। त्यो काम हामी गर्छौं। नेपालमा फेन्चाईज क्रिकेटहरु सञ्चालन भइरहेका छन् ती क्रिकेटको बारेमा हामीले अध्ययन गर्छौं।
लिगल र पेपरको रुपमा ठिक हुनुहुन्छ भन्ने कसैलाई हामी पूर्वाग्रही ढंगले अघि बढ्दैनौं। यसले अहिलेसम्म नेपाली क्रिकेटलाई राम्रो गरेको छ आगामी दिनमा पनि यसलाई हामी साथ दिन तयार छौं।
अक्टोबर १३ मा हामीले सखुद् खबर सुन्न पायौं भने यसै वर्ष नेपालमै ‘नेपाल प्रिमियर लिग’ आयोजना गर्छौं। यो क्यानले गर्छ। देशकै सबैभन्दा ठूलो र भव्य लिग गर्ने सोँचमा छौं।

Leave A Reply

Your email address will not be published.