Rashtriya Yuva Jagaran
Online Digital News

शाही युवा शक्ति नेपाल पूर्वाञ्चलबाट निस्किए घिमिरे

रायुजा संवाददाता
इटहरी, १४ असोज २०७६ मंगलबार । पूर्वाञ्चलमा शाही युवा शक्ति नेपाल नामक संगठन धरापमा परेको छ । पूर्वाञ्चल सचिव कृष्ण कुमार घिमिरे उक्त संगठनको एक खम्बा बनेर संगठन बिस्तार लागिरहेकै बेला पारिवारिक कारण देखाउँदै केन्द्रीय अध्यक्षलाई राजिनामा पठाएपछि उक्त संगठन धरापमा परेको हो ।
घिमिरेले परिवारलाई समय दिन नसकेको र मध्यम वर्गीय परिवारको सदस्य भएको कारणले संगठनमा लागेर घरपरिवारको समृद्धिमा असर पु¥याएको भन्दै राजिनामा पेश गरेको बताए ।
उनले २०७६ असोज १४ गते प्रेसित राजिनामा पत्रमा समयानुकूल हिन्दु राष्ट्र र राज संस्थाको मुद्दा बोकेको संगठन युवा शक्ति नेपालको पूर्वाञ्चल सचिवको हैसियतबाट काम गर्दै आएको र हाल उक्त संगठनमा लागेकै कारणले आफ्नो पारिवारिक अवस्था समेत धरासायी बन्दै गएको कारणले अर्को अनुकूल परिस्थिति नहुञ्ज्यालको लागि कुनै पनि संगठनका कुनै पनि ‘शाही युवा शक्ति नेपालको पूर्वाञ्चल सचिव’ पदमा नरहने गरी राजिनामा पेश गरेको छु भन्ने उल्लेख गरेका छन् । राजिनामाको अन्त्यमा उनले सहकर्मी मित्रहरुप्रति क्षमा याचना समेत गरेका छन् ।थ मनाइने गरिन्छ ।

Leave A Reply

Your email address will not be published.