Rashtriya Yuva Jagaran
Online Digital News

तेस्रो डाँगीहाट गोल्डकप सुरु, उद्घाटन खेलमा चर्च ब्वाइजको जित

रायुजा संवाददाता
विराटनगर, ३ कात्तिक २०७६। मोरङको बेलबारी १० स्थित भाउन्नेमा आयोजित तेश्रो डांँगीहाट गोल्डकप शुरु भएको छ ।
डांँगीहाट फुटबल क्लवका अध्यक्ष छत्र लिम्बूको सभापतित्वमा भएको उद्घाटन कार्यक्रममा प्रदेश सांसद केदार कार्की प्रमुख आतिथि थिए । उद्घाटन कार्यक्रममा बेलबारी नगरपालिकाका उपमेयर ढाकाकुमारी पराजुली लगायतका जनप्रतिनिधि , राजनैतिक दलका प्रतिनिधि तथा विभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिति थियो ।
उद्घाटन खेलमा सडन डेथमा मेची नेत्रालय काँकडभिट्टालाई पराजित गर्दै चर्च व्बाईज क्लव काठमाण्डौ सेमीफाईनमा प्रवेश गरेको छ ।
प्रतियोगिताको पहिलो हाप गोलरहित बराबरी भएको थियो । दोश्रो हाप अन्तरगत ५५ औं मिनेटमा झापाले पहिलो गोल गरेको । झापाका खेलाडीलाई डिबक्स नजिकै लडाएपछि रेफ्रीले दिएको फ्रि किकलाई झापाका टिम क्याप्टेन कर्ण लिम्बुले गोलमा परिणत गरेका थिए । त्यसपछि आक्रामक बनेको ब्वाईजका क्याप्टेन मिलन राईले ५७ औं मिनेटमा गोल गरी बराबरी बनाएका थिए ।

नेपालका ए डिभिजन क्लब, राष्ट्रिय टिम तथा अफ्रिकन खेलाडीहरूको सहभागिता रहेको सो गोल्डकपको बिजेताले नगद तीन लाख एक हजार, उपबिजेताले दुई लाख एक हजार ट्रफी, मेडल जित्ने आयोजक डाँगीहाट फुटबल क्लबका अध्यक्ष छत्र लिम्बूले बताए।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई नगद ३० हजार, बढी गोल गर्नेलाई १५ हजार र वेस्ट गोलकिपर, वेस्ट डिफेन्स, वेस्ट मिडफिल्डर, वेस्ट फरवार्ड, वेस्ट कोच, उदयमान खेलाडी प्रत्येकलाई नगद १० हजारको पुरस्कार राशी रहेको छ । प्रत्येक खेलको मेन अफ द म्याचले नगद पाँच हजार पाउने छन् ।
प्रस्तावित डाँगीहाट रंगशाला बेलबारी–१० भाउन्नेमा सञ्चालित उक्त प्रतियोगितामा आठ वटा टिमको सहभागिता रहेको छ ।
डाँगीहाट फुटबल क्लब मोरङ रातो, चर्च ब्वाइज क्लब काठमाडौं, धरान फुटबल क्लब सुनसरी, ब्वाइज यूनियन काठमाडौं, डाँगीहाट फुटबल क्लब मोरङ निलो, पाँचथर क्लब पाँचथर, सिराहा फुटबल क्लब गोलबजार सिराहा र काँकडभिट्टा ट्रेनिङ सेन्टर झापाले प्रतियोगितामा जनाएका छन् । उक्त आयोजक क्लब २०६६ सालमा स्थापना भई दुई वटा गोल्डकपको आयोजना गरिसकेको छ ।

Leave A Reply

Your email address will not be published.