उनान्तिस वर्षपछि बलात्कारपछि हत्या गर्ने पक्राउ

66

रायुजा संवाददाता
दमक, ७ कात्तिक २०७६ बिहीबार । सर्वोच्च अदालतबाट जन्मकैदको सजाय पाएका झापाका फरार एक व्यक्तिलाई बलात्कारपछि हत्या गरेको अभियोगमा २९ वर्षपछि केन्द्रीय अनुसन्धान ब्युरोले पक्राउ गर्न सफल भएको छ ।
झापाको भद्रपुर नगरपालिका वडा नं. ९ निवासी ४२ वर्षीया लिलाराज गौतमलाई इन्टरपोलको सहयोगमा अमेरिकाको मियामीबाट बुधबार पक्राउ गरी काठमाडौं ल्याइएको अनुसन्धान ब्युरोले जनाएको छ ।
उनलाई बुधबार नै जिल्ला अदालत काठमाडौंमा पेश गरिएकोमा अदालतको आदेशले कारागार कार्यालय डिल्लीबजार चलान गरिएको व्यूरोका प्रहरी उपरीक्षक आभूषण तिमिल्सिनाले बताए।
वि.सं २०५७ असोज २९ गते राति सन्ध्या राजवंशीलाई सीताराम बस्नेतले घरबाट बोलार्इ लगेको तथा गौतम र मनोज खड्कासमेतले करणी गरी घाँटी थिची हत्या गरेर रुखमा झुण्ड्याइ भागेका थिए । असोज ३० गते बिहान झापाको चारआली जङ्गलमा सन्ध्याको शव झुण्डिएको अवस्थामा फेला परेको थियो । सोही घटनामा सवोच्चले दोषी ठहर गरेको थियो ।- ईआदर्श डटकमको सहयोगमा