Rashtriya Yuva Jagaran
Online Digital News

खोटाङमा सांगीतिक प्रशिक्षणको दायरा फराकिलो बन्दै

साइनो कला केन्द्रले खोल्यो नृत्य सेन्टर

दिबस रिजाल

खोटाङ, ०९ कार्तिक २०७६, शनिबार । प्रदेश १ को पहाडी जिल्ला खोटाङमा सीमित रहेका सांगीतिक प्रशिक्षण केन्द्रहरुले आफ्नो दायरा फराकिलो बनाउँदै लगेका छन् । यसै क्रममा संगीत प्रशिक्षण दिईरहेको जिल्लाको एक मात्र संगीत विद्यालय साईनो कला केन्द्रले नृत्य सेन्टरको सुरुवात गरेर सांगीतिक दायरा बढाएको हो ।
जिल्लामा क्रियाशिल केही युवायुवाहरुको अथक प्रयास र प्रयत्न पश्चात देउसी भैलो खेलेरै २०७४ फागुन १ गतेवाट विधिवत र कानुनतः रुपमा स्थापना भएको केन्द्रले नृत्य सेन्टरको सुरुवात गरेका हुन् । २०७४ सालको तिहारमा उठेको १ लाख ७० हजार रकममा पाँच जना युवाहरुले विस÷विस हजार पैसा उठाएर सो साईनो कला केन्द्रको स्थापना गरेका थिए ।
संगीततर्फ हार्मोनियम, गितार, तबला, मादल, बासुरी, ड्रमसेट, किर्बोड र गायनतर्फ भोकलका विभिन्न लामा, छोटा कक्षाहरु सिकाउदै आएको केन्द्रको कार्यालय भवनगैरामा स्थापना गरेको नृत्य सेन्टर बिहिबार दिक्तेल रुपाकोट मझुवागढी नगरपालिकाका प्रमुख दिपनारायण रिजालले उद्घाटन गर्नुभयो । नृत्य सेन्टर सञ्चालन भएसँगै यस क्षेत्रमा लाग्न चाहने नयाँ प्रतिभाहरु नृत्य सिक्नकै लागि जिल्ला बाहिरिनु पर्ने बाध्यताको अन्त्य भएको केन्द्रका अध्यक्ष प्रमोद श्रेष्ठले बताए । साथै सो नृत्य सेन्टरको उद्घाटनसंगै कला केन्द्रका कलाकारहरुले समिक्षालयहलमा लाईभ गीत गायन, नृत्य लगायतका विभिन्न प्रस्तुतिहरु पनि देखाएका थिए ।
भाडामा घर लिएर गायन र बाद्यबादन सिकाई रहेको केन्द्रले हालसम्म खोटाङ आईडल तेज कुमार राई, भिजन आईडल ९ओखलढुंगा० फस्ट रनरअप प्रवृत्ति राई, जिल्लाव्यापी खुल्ला लोक गीत प्रतियोगितामा पर्शु गजमेर, वेदना राई र युवराज राई ९प्रथम०जस्ता प्रतिभावान कलाकारहरुको उत्पादन गरिसकेकोे छ ।

Leave A Reply

Your email address will not be published.