Rashtriya Yuva Jagaran
Online Digital News

पाथीभरा सिनेले ल्यायो प्रवासीको मनछुने म्युजिक भिडियो ‘तिहारै आयो’ (भिडियोसहित)

रायुजा संवाददाता
बिर्तामोड, ०९ कात्तिक २०७६ । पाथीभरा सिने प्रा.लि.ले तिहारलाई लक्षित गरेर नयाँ देउसी गित ‘तिहार आयो’ सार्वजनिक गरेको छ । युट्युव च्यानल फुलबारी मिडियामा सार्वजनिक भएको उक्त म्युजिक भिडियोलाई झापाली कान्छाले निर्देशन गरेका छन् भने गितकार दिनेशराज शर्मा रहेका छन् । रमेश अन्नान कडरिया र एलिना चौहानको युगल स्वरमा सजिएको उक्त भिडियोलाई राज सुब्बा लावतीले कोरियोग्राफि गरेका छन् । उक्त भिडियोको छायाँकनमा सुवास लिम्बु, योगेश दाहाल र दिपेश कटुवाल रहेका छन् भने सम्पादनमा सुवास लिम्बु र योगेश दाहाल रहेका छन् । उक्त म्युजिक भिडियोमा मेरि लिम्बू, भिमा खतिवडा र झापाली कान्छाले मोडलिङ गरेका छन् ।

Image may contain: 6 people, people smiling, people standing and outdoor
उक्त म्युजिक भिडियोका निर्देशक तथा मोडल झापाली कान्छाले म्युजिक भिडियोका सन्दर्भमा भने– भिडियो मार्मिक र सामाजिक धरातलमा उभिएर तयार पारिएको हो । उक्त म्युजिक भिडियोेबाट प्रवासीको मन छुवाउने प्रयास समेत गरिएको बताउँछन् । उनले भने– प्रवासी दाजुभाईले नेपालमा रहँदा मनाएको तिहार, दिदीबहिनी तथा दाजुभाईको हातबाट लगाएको टिकाको सम्झना रुपी म्युजिक भिडियो सार्वजनिक भएको छ । यस भिडियोमा दिदिबहिनी तथा दाजुभाईको विछोडले ल्याएको पीडालाई समेत समेटिएको छ ।

Image may contain: 6 people, people standing and outdoor

Leave A Reply

Your email address will not be published.