Rashtriya Yuva Jagaran
Online Digital News

भोजपुरको दिङ्ला अस्पताल जिर्ण बन्दै

एजेन्सी,
भोजपुर १४ कात्तिक २०७६ । भोजपुरको दिङ्ला अस्पताल यतिखेर प्रयोगविहिन अवस्थामा रहेको छ । षडानन्द नगरपालिका–७, गढीगाउँमा भारतीय सहयोगमा निर्माण भएको १५ शैय्याको उक्त अस्पताल सञ्चालनमा नआउँदा जीर्ण बन्दै गएको छ । संरक्षण तथा सञ्चालनको सम्पूर्ण जिम्मा पाएको षडानन्द नगरपालिकाको उदासीनताका कारण उक्त अस्पताल अहिले भत्किन थालेको स्थानीयवासीले बताएका छन् ।
अस्पताल भवन रू. २ करोड ४५ लाखमा महादेव खिम्ती पोखरे कालिका निर्माण सेवा जेभी काठमाडौंले ६ वर्ष लगाएर गत असारमा निर्माण गरेको थियो । संरक्षणको अभावमा अस्पताल भवनको पूर्वपट्टि राखिएको मूल ढोकाको पिल्लर र दक्षिण भागको बाहिरी पर्खाल भत्किएको छ ।

Leave A Reply

Your email address will not be published.