Rashtriya Yuva Jagaran
Online Digital News

छठ पर्व मनाउनेहरुको घुइँचो, अस्ताउँदो सुर्यलाई अर्घ आज दिइने

रायुजा संवाददाता
विराटनगर, १६ कात्तिक २०७६ । सीमित समुदायले मनाउँदै आएको छठको महिमा दैनिक सामाजिक सद्भाव र एकताको प्रतिक बन्दै गईरहेको छ । केही दशक अगाडि मात्र छठ मनाउनेहरुलाई खोज्दै खोला खाल्सामा च्याउनुपर्ने अवस्थाको अन्त्य भई यतिखेर चारैतिर छठ मनाउनेहरुको घुइँचो लाग्न थालेको छ । छठ मनाउने भक्तहरुको भिडले खोल्साखाल्सी, नदी, खोला सबै भरिएका छन् । छठ पर्वको मुख्य दिन शनिबार अस्ताउँदो सूर्यलाई अर्घ चढाइन्छ । कार्तिक शुक्ल षष्ठी तिथिका दिन बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिइने चलन छ । छठ पर्व कार्तिक शुक्ल चतुर्थीदेखि सप्तमीसम्म सुरु हुन्छ । छठ पर्व बिहीबारदेखि सुरु भएको हो ।

Related image
ऐतिहासिक पौराणिक ग्रन्थ महाभारतमा उल्लेख भएअनुसार द्रौपदीसहित पाँच पाण्डव अज्ञातवासमा रहँदा गुप्तवास सफल होस् भनी सूर्यदेवलाई आराधना गरिएको थियो । त्यस समयमा पाण्डवहरू विराट राजाको दरबारमा बास बसेको उल्लेख छ । सोही समयदेखि छठ मनाउन सुरु भएको भनाई छ ।
सूर्य पुराणअनुसार सर्वप्रथम अत्रिमुनिकी पत्नी अनुसूयाले छठ व्रत गरेर अटल सौभाग्य तथा पतिप्रेम प्राप्त गरेको र त्यही बेलादेखि ‘छठ पर्व’ मनाउने परम्पराको सुरुवात् भएको विश्वास गरिन्छ ।
कार्तिक शुक्ल चतुर्थीका दिन स्नान गरी एक छाक खाएर व्रत सुरु गरि दोस्रो दिन कार्तिक शुक्ल पञ्चमीमा सखर हालेर बनाइएको खीर ९खरना० षष्ठी मातालाई चढाई व्रतालुले प्रसादस्वरूप खाने र नुन नखाई एक छाक फलाहार गरिन्छ ।यो पर्वको मुख्य दिन कार्तिक शुक्ल षष्ठीका दिन कठोर निराहार व्रत गरी बेलुकी अस्ताउँदो सूर्यलाई पूजा आराधना गरी अर्घ्य दिने गरिन्छ । अर्को दिन विहान उदाउँदो सूर्यलाई पूजा आराधना गरी विधिपूर्वक अर्घ्य दिएपछि छठ पर्व सम्पन्न हुन्छ ।
छठ पर्वका अवसरमा पदेश १ तराईका बुढीगंगा, विराटनगर भएर बग्ने नहर र सिंगीया खोला, केशलीया खोला, जनकपुरको गंगासागर, वीरगञ्जको घडीअर्वा पोखरीलाई बेहुरी झै सिंगारिएको छ ।

Image result for छठ पर्व

Leave A Reply

Your email address will not be published.