Rashtriya Yuva Jagaran
Online Digital News

राजनीतिक प्रतिशोध साँधेको महराको जिकिर आइबार पुनः थुनछेक बहसमा हाजिर हुने अदालत हाजिर हुने

रायुजा डेक्स
विराटनगर, १६ कात्तिक २०७६ । निवर्तमान सभामुख कृष्ण बहादुर महराविरुद्ध बलात्कार अभियोगमा जिल्ला अदालत काठमाडौंमा दर्ता भएको मुद्दाको बन्द इजलासमा विषय नटुंगिएकोले पुनः आइतबार १० बजे नै अदालतमा हाजिर गराइने भएको छ । उक्त दिन थुनछेक सम्बन्धी बहस हुनेछ । वादी र प्रतिवादीबीचको बहसपछि इजलाशले महरालाई पुर्पक्षलाई थुनामा पठाउने, धरौटीमा राख्ने वा साधारण तारेखमा छाड्ने विषयमा निर्णय गर्नेछ । यदी महरा यस प्रकरणमा दोषि ठहरिए भने ५ वर्ष जेल हुनसक्ने कानुनी प्रावधान रहेको छ ।
शुक्रबारको बन्द इजलासमा के भयो ?
निवर्तमान सभामुख कृष्ण बहादुर महराले आफू राजनीतिक प्रतिशोध साँधेर मुद्दा चलाइएको जिकिर अदालतमा गरेका छन् । महराले रोशनी शाहीको कोठामा नगएको बयान समेत दिए । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि जबर्जस्ती करणी प्रयासको अभियोगमा महराले अदालतमा मुद्दा खेपिरहेका छन् ।
शुक्रबार जिल्ला अदालत काठमाडौँको बन्द इजलाशमा बयान लिने क्रममा महराले यस्तो जिकिर गरेको जनाइएको छ । काठमाडौँ जिल्ला अदालतका प्रमुख न्यायाधीश सुदर्शन राज पाण्डेको इजलाशमा बयान चलिरहेको छ ।
महराले अनुसन्धानका लागि, रगत, मोबाइल लगायतका कुराहरु नदिएको भनिएको छ । इजलाश अधिकृत समक्ष दिएको बयानमा उनले शाहीसँग विगतदेखि नै पारिवारिक सम्बन्ध रहेको दावी गर्दै त्यस दिन फोनमा कुराकानी भएको तर आफू उनको कोठामा गएको भन्ने कुरामा सत्यता नभएको स्पष्ट पारेका छन् ।
महरा निकट एक कानुन व्यवसायीका अनुसार महराले आफूलाई फसाउन षड्यन्त्र गरिएको पनि बताएका छन् । प्रहरीले संकलन गरेका प्रमाण झुट्टो भएको महराको दावा छ । महराका अनुसार उनले त्यस दिन मदिरा सेवन गरेका थिएनन् ।
संसदकी कर्मचारी शाहीले आफूसँग कर्मचारी समायोजनको विषयमा केही सरोकार राख्दैआएको पनि महराले स्विकार गरेका छन् । आफुले शाहीका सरोकार पूरा गर्ने सम्बन्धित कुराहरु पुरा गर्न नसकेपछि बदला स्वरुप आवेगमा आएर कपोल्कल्पित आरोप लगाएको उनले स्पष्ट पारेका हुन् । महराको बयान नसकिएकाले उनलाई पुन थुनामै लैजाने तयारी भएको छ ।

स्रोत विभिन्न राष्ट्रिय पत्रपत्रिका

Leave A Reply

Your email address will not be published.