Rashtriya Yuva Jagaran
Online Digital News

नियुक्ति प्रक्रियाका आधारमा प्रदेश प्रमुखहरु पदमुक्त

रायुजा संवाददाता
काठमाण्डौ, १७ कात्तिक २०७६ । निर्वाचनका बेला तत्कालिन प्रधानमन्त्री शेरबहादुर देउवाको सरकारले नियुक्त गरेका सातै प्रदेशका प्रमुख प्रमुखहरुलाई प्रधानमन्त्री केपी ओलीको सरकारले आइतबार पदमुक्त गरेको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीले मन्त्रिपरिषद्को सिफारिसमा सातै प्रदेशका प्रदेश प्रमुखहरु पदमुक्त भएका हुन् । सरकारले रिक्त रहेका प्रदेश प्रमुखहरुको नियुक्ति पनि चाँडै गर्ने सम्बद्ध स्रोतले जनाएको छ ।
नेपालको संविधान धारा १६५ को उपधारा ९१० को खण्ड (ख) बमोजिम नेपाल सरकारको मन्त्रिपरिषद्को आइतबारको निर्णयबाट प्रदेश प्रमुखहरुलाई पदमुुक्त गरिएको राष्ट्रपतिको कार्यालयले जनाएको छ । सो उपदफामा निजको पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा प्रदेश प्रमुख पद रिक्त व्यवस्था छ ।
पदमुक्त प्रदेश प्रमुखहरुमामा प्रदेश नं १ का प्रा.डा. गोविन्दबहादुर तुम्बाहाङ (धनकुटा), प्रदेश नं २ का रत्नेश्वरलाल कायस्थ (काठमाडौँ), प्रदेश नं.३ का अनुराधा कोइराला (काठमाडौँ), गण्डकी प्रदेशका बाबुराम कुँवर (अर्घाखाँची), प्रदेश नं ५ का उमाकान्त झा (धनुषा), कर्णाली प्रदेशका दुर्गाकेशर खनाल (सुर्खेत) र सुदूरपश्चिम प्रदेशका मोहनराज मल्ल (कैलाली) छन् ।
तत्कालीन शेरबहादुर देउवा नेतृत्वको चुनावी सरकारले उनीहरलाइृ २०७४ माघ ३ गते नियुक्त गरेको थियो । निर्वाचन सम्पन्न भइसकेपछि ती प्रदेश प्रमुख नियुक्त भएकाले नयाँ सरकारले राजनीतिक निर्णयबाट हटाउने आकलन गरिँदै आएको थियो ।
चुनावलगत्तै प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले २०७५ असोज २० मा चुनावी आचार संहिता जारी भइसकेपछि देउवा सरकारले गरेका राजनीतिक नियुक्ति बदर गर्ने निर्णयसमेत गरेको थियो ।
त्यसबेला नै प्रदेश प्रमुखहरुको पद के हुने भन्ने बहस भएको थियो । तर सरकारले यसबारे थप निर्णय गर्न नपाउँदै सर्वोच्च अदालतले मन्त्रिपरिषदको निर्णय अमान्य भन्दै उल्ट्याइदिएपछि सरकार रोकिएको थियो ।संविधानको धारा १६५ ले सबै प्रदेशका प्रमुखहरु एकैसाथ पदमुक्त हुने परिकल्पना गरेको छैन ।
राष्ट्रपतिले सातै प्रदेशका प्रदेश प्रमुखहरुलाई पदमुक्त गरेसँग अब उनीहरुको कार्यभार कसले सम्हाल्लने भन्ने प्रश्न उब्जेको छ । तत्कालै नयाँ प्रदेश प्रमुखहरुको नियुक्ति नभएमा संवैधानिक जटिलता आउने देखिन्छ । सरकारले नयाँ प्रदेश प्रमुखहरू तुरुन्तै नियुक्त गर्ने तयारी गरेको बिशेष स्रोतबाट खुलेको छ ।
प्रदेश प्रमुखहरु एकसाथ हटाउनुको कारणबारे राष्ट्रपतिको विज्ञप्तिमा केही पनि उल्लेख छैन । तर, देउवा सरकारका पालाका नियुक्त भएका कारण नेकपा सरकारले राजनीतिक आस्थाका आधारमा प्रदेश प्रमुखहरुलाई हटाइएको विश्लेषण विपक्षी पार्टीका नेताहरुले गरेका छन् ।

Leave A Reply

Your email address will not be published.