Rashtriya Yuva Jagaran
Online Digital News

अन्तिम साता इटहरीमा पप गायक भट्टराई र प्रधानको सांगीतिक प्रस्तुति हुने

रायुजा संवाददाता
इटहरी, १७ कात्तिक २०७६ । भ्रमण वर्षलाई प्रबद्र्धन गर्न इटहरीमा पप गायक नवीन के भट्टराई र एड्रिन प्रधानको प्रस्तुतिसहितको सांस्कृतिक कार्यक्रम अन्तिम साता हुने भएको छ ।
कात्तिक ३० गते आयोजना हुने पूर्वाञ्चल म्युजिक फेस्टिवलका लागि हाम्रो कार्ट काठमाडौंको आयोजना तथा सोच खबर र सिटी फेसन वेयरको सह–आयोजनामा एकदिने सांस्कृतिक कार्यक्रम हुन लागेको आयोजकले बताएको छ । नेपाल पर्यटन वर्ष २०२० लाई प्रवद्र्धन गर्ने उद्देश्यले पूर्वाञ्चल म्युजिक फेस्टिवल आयोजना गर्न लागेको आयोजकले जानकारी दिए ।

Leave A Reply

Your email address will not be published.