Rashtriya Yuva Jagaran
Online Digital News

छठ मनाउँन मोरङको सलकपुरमा रेखा थापा, विराटनगरमा दिपाश्री निरौला

रायुजा संवाददाता
विराटनगर, १७ कात्तिक २०७६ । सूर्यको उपासना गरी मनाइने छठ पर्व नायिका रेखा थापाले आफ्नै जन्मस्थल मोरङको सलकपुरमा मनाएकी छन् भने दिपाश्री निरौलाले विराटनगरमा आफन्तसँग मनाएकी छन् ।
पछिल्लो समय सबै जाति, धर्मीले मनाउने सद्भाव पर्वको रूपमा मनाउन थालिएको पर्व छठ नेपाली फिल्मका कलाकारहरु पनि उत्तिकै निष्ठाका साथ मनाउन थालेका छन् । हरेक वर्ष छठ मनाउँदै आएकी अभिनेत्री रेखा थापाले यो वर्ष आफ्नै जन्मस्थल मोरङको सलकपुरमा पुगेर परिवारसँग मनाएको पारिवारिक स्रोतले जानकारी दिएको छ ।
त्यस्तै अभिनेत्री सञ्चिता लुइँटेलले पनि छठ मनाएको फोटो सामाजिक सञ्जालमा सेयर गरेकी छिन्।

Leave A Reply

Your email address will not be published.