Rashtriya Yuva Jagaran
Online Digital News

अमिक शेरचनसहित सातै प्रदेशमा प्रदेश प्रमुख नियुक्त

रायुजा संवाददाता
काठमाडौं, १९ कात्तिक २०७६ । राष्ट्रपति विद्यादेवी भण्डारीले पूर्व उपप्रधानमन्त्री समेत भईसकेका अमिक शेरचनसहित सातै प्रदेशका प्रदेश प्रमुखहरु सोमबार नियुक्त गरेकी छन्।
राष्ट्रपति भण्डारीले नेपालको संविधानको धारा १६३ को उपधारा २ बमोजिम मन्त्रिपरिषद्को सिफारिसमा प्रदेश प्रमुख नियुक्त गरेकी हुन्।
सोमबार बसेको मन्त्रिपरिषद् बैठकले सातै प्रदेशका नयाँ प्रदेश प्रमुखलाई नियुक्ति गर्न सिफारिस गरेको थियो।
प्रदेश नम्बर १ मा सोमनाथ अधिकारी प्यासी, प्रदेश नम्बर २ मा तिलक परियार, प्रदेश नम्बर ३ मा विष्णु प्रसाईं, गण्डकी प्रदेशमा अमिक शेरचन, प्रदेश नम्बर ५ मा धर्मनाथ यादव, कर्णाली प्रदेशमा गोविन्द कलौनी र सुदूरपश्चिम प्रदेशमा शर्मिला त्रिपाठीलाई उनले नियुक्त गरेकी हुन्।
नवनियुक्त प्रदेश प्रमुखहरूको भोलि बिहान १०र ११ बजे सपथ हुने राष्ट्रपति कार्यालयले जनाएको छ।

समाचार/तस्बिर सेतोपाटी डटकमबाट

Leave A Reply

Your email address will not be published.