झण्डै दुई साता अघि बनेपाबाट अपहरित बालकको वीरगञ्जबाट सकुशल उद्दार

104

रायुजा संवाददाता
वीरगञ्ज, २० कात्तिक २०७६ । दश दिन अघि बनेपाबाट अपहरित भएका १४ वर्षीया बालकलाई वीरगञ्जबाट प्रहरीले सकुशल उद्दार गरेको छ । मंगलबार पत्रकार सम्मेलनबाट जानकारी गराइए अनुसार पर्साको वीरगञ्जमा अपहरणकारीमाथि प्रहरीले खुट्टामा गोली हानेर बालकलाई अपहरण मुक्त गराएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रहरी प्रवक्ता डिएस्पी गौतम थापाले जानकारी दिए।
वीरगञ्ज उपमहानगरपालिकामा पर्ने नेपाल–भारत सीमा क्षेत्रको खलबा टोलमा गए राती १ बजेतिर प्रहरीले अपहरणकारीमाथि गोली प्रहार गरेर बालकलाई अपहरणमुक्त गरेको हो । अपहरणकारीको साथबाट कटुवा पेस्तोल र गोली बरामद गरिएको प्रहरीले जनाएको छ।
यद्यीप प्रहरीले उद्धार गरिएका बालक र गोली लागेका अपहरणकारीको नाम सार्वजनिक गरेको छैन। खुट्टामा गोली लागेका अपहरणकारीको वीरगञ्जमा उपचार भइरहेको छ।