Rashtriya Yuva Jagaran
Online Digital News

कास्की २ मा कांग्रेसका उम्मेदवार बने पौडेल

रायुजा संवाददाता
काठमाडौं, २० कात्तिक २०७६ । कांग्रेसका संस्थापक नेता विश्वेश्वर प्रसाद कोइरालासँग समेत उठबस गरेका पुराना नेता खेमराज पौडेललाई प्रतिपक्षी दल कांग्रेसले कास्की २ को उम्मेदवार बनाउने निर्णय गरेको छ ।
सभापति शेरबहादुर देउवा निवास बुढानिलकण्ठमा बसेको पदाधिकारी बैठकले बुधबार पौडेललाई उम्मेदवार बनाउने निर्णय गरेको हो ।
कास्की २ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य एवं तत्कालिन पर्यटनमन्त्री रवीन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएपछि मंसिर १४ गते यहाँ उपनिर्वाचन हुँदैछ। सत्तारुढ नेकपाले अधिकारीकी पत्नी विद्या भट्टराईलाई उम्मेदवार बनाएको छ।
कांग्रेसले उम्मेदवार बनाएका पौडेल पुराना नेता तथा संस्थापक विपी कोइरालासँग पनि संगत गरेका थिए। कास्की २ मा यसअघि धनराज गुरुङको नाम पनि चर्चामा थियो। तर, उनले स्थानीयलाई टिकट दिन सुझाव दिएका थिए।

Leave A Reply

Your email address will not be published.