Rashtriya Yuva Jagaran
Online Digital News

पाठकको पुर्पुरो : कार्य सिद्धि होस् – २०७६ कात्तिक २१ गते बिहीबार

पुर्पूरोमा जे लेखिए पनि आफ्नो कर्तव्य र जिम्मेवारी नभुली कर्म गरौं ।

वि.सं. २०७६ कार्तिक २१ गते, बिहीबार (२०१९ नाेबेम्वर ७), कार्तिक शुक्ल दशमी

मेष
मेषसृजनात्मक कार्यमा मन जानेछ । आर्थिक पक्ष बलियो रहनेछ । सहमति र सहकार्यको वातावरण बन्नेछ । साथीभाईसँगको रमाइलो यात्रा होला । व्यापार व्यवसायमा गरेको लगानिले भविष्यसम्म लाभ लिन पाइनेछ । हर्षको खबर सुन्न पाइएला ।
बृष
बृषअपूरा कार्यलाई पहल गर्दा पूर्ण गर्न सकिनेछ । राजनैतिक एवं सामाजिक क्षेत्रमा नयाँ पद प्रतिष्ठा मिल्नेछ । मन खुसी रहनेछ । वक्तव्य कलाले समाजमा वेग्लै तरड्ड पैदा गर्नेछ । नयाँ कार्यको प्रस्ताव आउने छन् । विशिष्ट व्यक्तिसँग सम्पर्क बढ्नेछ ।
मिथुन
मिथुनभाग्यस्थानको चन्द्रमा ग्रहका बलले गर्दा थालेका अधिक कार्यले पूर्णता पाउने छन् । पढाइलेखाइमा मन जानेछ । धर्मकर्ममा रुचि बढ्नेछ । परोपकारी कार्यमा समय विताउन पाउँदा आनन्द लाग्नेछ । नयाँ ज्ञान मिल्नेछ । समग्रमा समय शुभ रहेको छ ।
कर्कट
कर्कटअरुको भर विश्वासमा पर्दा महत्वपूर्ण अवसर गुम्नेछ । स्वास्थ्य समस्या कायमै रहनेछ । नोकरीमा जस भन्दा अपजस व्यहोर्नु पर्नेछ । हतारको निर्णयले समस्यामा पार्न सक्छ, पूर्व तयारीका साथ कार्यमा लाग्नुहोला । मनमा वेचैनपनले सताउने छ ।
सिंह
सिंहप्रेमीप्रेमीका बिचको सम्बन्ध प्रगाढ रहनेछ भने मानसिक क्षमतामा समेत बृद्धि विकास हुने देखिन्छ । अरुलाई विश्वास दिलाउन सक्दा महत्वपूर्ण कार्यको जिम्मेवारी मिल्नेछ । आकर्षण शक्ति बढेर जानेछ । मनोरञ्जनात्मक कार्यमा सहभागी भइनेछ ।
कन्या
कन्याआर्थिक पक्ष बलियो रहनेछ । विपक्षीलाई पछि पार्दै लक्ष्यमा पुग्न सकिनेछ । सानातिना समस्या आइलागेता पनि मान्यजनको सल्लाहमा अघि बढ्दा सफलता मिल्नेछ । काम गर्ने जोश जाँगर बढ्नेछ । गुमेको धन हातपर्दा खुसीयाली छाउनेछ ।
तुला
तुलाश्रमको सही मूल्यांकन मिल्दा कार्य गर्ने हौसला थपिनेछ । विद्यार्थी वर्गले सामान्य मिहिनेतले नै सिप सिक्न र बुझ्न सकिनेछ । कामको सिलसिलामा रमाइलो यात्रा हुनेछ । पारिवरिक समस्या हल हुँदा काम गर्ने वातावरण बन्नेछ । सोच्न सक्ने क्षमताको विकास हुनेछ ।
वृश्चिक
वृश्चिकअवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले समस्या सृजना हुन सक्छ, सजक रहनु होला । कठोर बोलि व्यवहारका कारण आफन्तजनसँग नै विवाद पर्नेछ । काम गरेर चित्त बुझाउन नसक्दा हैरानि लाग्नेछ । क्षणिक फाइदालाई हेरेर नयाँ लगानि नगर्नुहोला ।
धनु
धनुसोचे अनुरुप काम कार्य बन्दा खुसी लाग्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । पराक्रम बढेर जानेछ । हर्ष र खुसी बढ्नेछ । जोखिम युक्त कार्यलाई पनि सहज ढंगले गर्न सक्दा प्रशंसकहरु थपिने छन् । दाजुभाईसँग विग्रीएको सम्बन्धमा सुधार आउनेछ ।
मकर
मकरअल्छि गर्नाले विशेष अवसर गुम्न सक्छ, जागरुक भएर कार्यमा लाग्नु होला । कुटुम्बको साथ सहयोगले अघि बढ्दा सफल भइनेछ । मांगलिक कार्यमा सहभागी भइनेछ । व्यवसायबाट भने अपेक्षित लाभ मिल्नेछ । बोलिकै भरमा धेरै कार्यलाई सम्पन्न गर्न सकिनेछ ।
कुम्भ
कुम्भविरोध गर्ने व्यक्तिहरुलाई पनि आफ्नो समर्थनमा ल्याउन सकिनेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउनेछ । प्रतिक्षित नतिजामा सफल भइनेछ । ठूला व्यक्तिको संगत गर्न पाइनेछ । ठूला व्यक्तिलाई प्रभावित पार्न सक्दा जिम्मेवारी बढ्नेछ ।
मीन
मीनघरायसी समस्याले गर्दा काम गर्ने वातावरण बन्ने छैन । सञ्चित धन खर्च गर्नु पर्दा नैराश्यता छाउनेछ । जिद्दि गर्ने वानिका कारण काम विग्रनेछ । शैक्षिक उपलब्धिमा ह्रास आउनेछ । झन्झटको सामना गर्नुपर्नेछ । पूर्व तयारी र टिपोट गरेर कार्य गर्नुहोला ।

Leave A Reply

Your email address will not be published.