Rashtriya Yuva Jagaran
Online Digital News

वीरगञ्जमा ‘चलचित्र स्वर्णिम महोत्सव’ सुरु, बलिउड अभिनेता गोविन्दाको सहभागिता

रायुजा संवाददाता
वीरगञ्ज, २१ कात्तिक २०७६ । वीरगञ्जमा बिहीबारदेखि तीन दिनसम्म सञ्चालन हुने ‘नेपाल चलचित्र स्वर्णिम महोत्सव’मा सहभागी हुन बलिउड अभिनेता गोविन्दा अहुजा परिवारसहित मंगलबारदेखि नै नेपालमा आएका छन् ।
गोविन्दासँगै बलिउडमा बस्दै आएकी नेपाली अभिनेत्री निरुता सिंह पनि नेपाल आएकी छन् ।
गोविन्दा गत वर्ष ‘एलजी फिल्म अवार्ड’ मा सहभागी हुन नेपाल आएका थिए । नेपाललाई आफ्नो ससुराली मान्ने गोविन्दा यस अघि पनि थुप्रै पटक नेपाल आइसकेका छन् ।
वीरगन्जमा हुने स्वर्णिम महोत्सव कात्तिक २३ गतेसम्म चल्नेछ । महोत्सव प्रवेशका लागि एक सय रुपैयाँको टिकट राखिएको आयोजकले जनाएको छ ।

Leave A Reply

Your email address will not be published.