Rashtriya Yuva Jagaran
Online Digital News

अझै सुनसरीमा डेंगुः चतरामा दैनिक डेंगोका रोगी

रायुजा संवाददाता
चतरा (सुनसरी), २१ कात्तिक २०७६ । सुनसरी जिल्लाका विभिन्न स्थानहरुमा झै डेंगु संक्रमित बिरामीहरु भेटिइरहेका छन् । केही दिन अगाडिसम्म चतराको बराहक्षेत्र नगरपालिकामा यस्ता रोगीहरु फेला परेका हुन् । स्वास्थ्य केन्द्रमा उपचारका लागि आएका ४ सय बिरामीमध्ये १ सय ४० जनामा डेंगु संक्रमित भएको स्वास्थ्य केन्द्र चतराका मेडिकल अधिकृत डा. अमृत थापाले बताए । ७६ जना पुरुष र ६४ जना महिलामा उक्त रोग भेटिएको छ । उक्त नगरपालिकाको वडा नं. १ र २ का खारखोला, चाबाचा, सूर्यकुड, बुद्धचौक, बयरबनका १४ वर्षदेखि ८० वर्षसम्मका बिरामीमा डेंगु भेटिएको डा. थापाले बताए ।

Leave A Reply

Your email address will not be published.