Rashtriya Yuva Jagaran
Online Digital News

आठ महिनाको शिशु गर्भपतन, आमा बिक पक्राउ

रायुजा संवाददाता
विराटनगर, २१ कात्तिक २०७६ । मोरङको कानेपोखरी गाउँपालिका वडा नं. ६ ्िबहीबारे निवासी १७ वर्षीया सुस्मिता बिकले ८ महिनाको बच्चा गर्भपतन गराई हत्या गरेको आरोपमा फक्राउ परेकी छन् । सोही गाउँको मेनका दवाडीको घर छेउको करेसाबारीमा टमाटर रोप्ने क्रममा खन्दा शिशुको हात भेटिएपछि उक्त कुराको रहस्य खुलेको हो । उक्त शिशुको शव प्रहरीले निकालेर मुचुल्का उठाईसकेको प्रहरीले बताएको छ । रमाइलो डाइग्नोष्टिक सेन्टरबाट ८ महिनाको शिशु गर्भपतन गराएको थाहा भएको छ । सोही सेन्टरको सहयोगमा बिक पक्राउ परेकी हुन् । हत्या आरोप लागेकी बिकलाई चेकजाँचको लागि विराटनगरस्थित कोशी अञ्चल अस्पताल पु¥याइएको छ । ।

Leave A Reply

Your email address will not be published.