रणनीतिक ढंगबाट नेपाली भुभाग भारतीय नक्सामा

61

रायुजा डेक्स
भारतले नेपालको आन्तरिक द्वन्द्वलाई राम्रोसँग बुझेको छ । नेपाली नेपाली बीचको आन्तरिक द्वन्द्व अस्थिरतालाई भारतले सँधै उपयोग गर्दै आएको छ । आर्थिक रुपबाट वा विकासका क्षेत्रबाट भारतले गरेको लगानीलाई नेपालको ठूलो परियोजना वा सम्पत्ति हात पार्ने रणनीतिक योजना अनुसार यतिखेर नेपाली भूमिलाई भारतमा गाभेर नक्साङ्कन गरेको विज्ञहरुको बुझाई छ । विभिन्न वहानामा नेपालका धेरै सीमा स्तम्भहरु गायव, सारिएका वा नेपाली भूमिमा भारतीय संरचना बनाउने काम भईरहेको अवस्थामा यतिखेर नेपाली भूमिमा भारतमा रहेको नक्साङ्कन बाहिर ल्याएर नेपालीलाई ब्युझाएको छ ।
नेपाली भूमि भारतीय नक्सामा हालेर यतिखेर भारतले नयाँ सीमा कायम गरी गुगलमा राखेको हो । सो नक्सा बाहिरिएपछि नेपाली भुभाग कालापानी (कालीनदी)को विषयले भारत र नेपालको सम्बन्धमा चिसोपना आउन थालेको भए पनि सरकारले सो भुभाग नेपालको हो समाधानको लागि कुटनीतिक पहल गरिने बताएको छ । देशभरका नेपालीले यसको विरोध गरिरहेका छन् र भारतले पनि बिहीबार भारतीय विदेश मन्त्रालयमा पत्रकार सम्मेलन गरेर सीमा विवाद र नक्साङ्कनको विषयमा कुटनीतिक ढंगबाट समाधान गरिने र सम्बन्धमा दरार आउन नदिने बताएको छ । नक्साङ्कन गरिएका नेपाली भुभागलाई कांग्रेसले कालापानी र लिपुलेक नेपालको अविभाज्य भूमि भनेको भनेर भारतीय पक्षलाई बताएको छ ।
भारतले चीनसँगको युद्धताका सन् १९६२ मा कालापारिको समतल भूमिमा सेनाको क्याम्प खडा ग¥र्यो जुन क्याम्प हालसम्म कायम रहेको र त्यही क्याम्पको दादागिरीका आधारमा भारतले नेपाली भुभागलाई आफ्नो भनि नक्साङ्कन गरेको विज्ञहरुको दावी रहेको छ । सुगौली सन्धिमा कालीपारिसम्म नेपालको भूभाग रहेको स्पष्ट छ। अन्नपूर्ण पोष्टमा सुरेन्द्र काफ्लेले लेखेका छन– कालापानी भनिने तिल्सी नजिकको सानो पानीको मुहानलाई काली नदी (कृत्रिम) भनेर देखाउँदै आएको भारतले पछिल्लोपटक जारी नक्सामा भने लिम्पियाधुरातिरबाट आउने नदीलाई काली नदी भनेको छ।
काली नदीको उद्गमस्थल लिम्पियाधुरा हो। सन् १८५६ अघिका नक्सा, सन्धिसम्झौता र दस्ताबेजदेखि ऋषिमुनिका भनाइका आधारमा समेत काली नदीको उद्गम लिम्पियाधुरा स्पष्ट छ। सुगौली सन्धिको धारा ५ अनुसार नेपालको पश्चिमी सीमा काली नदी हो। जुन नदीको वास्तविक उद्गम दार्चुलाको ब्यास गर्खाअन्तर्गत पर्ने लिम्पियाधुरा हो। सुगौली सन्धिपछि तत्कालीन इस्ट इन्डिया कम्पनी सरकाराद्वारा प्रकाशित सबै नक्सामा कालीको मुहान लिम्पियाधुरा नै देखाइएको छ।
सन् १८५६ पछि भने ब्रिटिस इन्डियाले नेपालको पश्चिमी सीमामाथि नक्सामार्फत अतिक्रमण गर्न थालेको थियो। कम्पनी सरकारले सन् १८५६ पछि प्रकाशित नक्सामा लिम्पियाधुराबाट आउने काली नदीलाई कुटिङ्याङ्दी र लिपुलेक पश्चिम गिरफुबाट आउने खाँयंक्ति ९लिपुखोला० लाई काली लेख्न सुरु गरेको हो।
सीमा अध्येताहरूले भारतले काली नदीको यथार्थ स्वीकारेका कारण कूटनीतिक पहल र दबाब दिएर लिम्पियाधुरासम्मकै भूभाग फिर्ता ल्याउनुपर्ने बताएका छन्।
नदीविद् जगतप्रसाद भुसालले कुनै बेला एक व्यक्ति वा समूहको मानवीय गल्तीले गुमेको हुन सक्ने भन्दै कालापानी, लिपुलेक र लिम्पियाधुरा नेपालकै रहेको बताए। ‘यी ठाउँबाट भारतीय सेना हटाउनुपर्छ,’ उनले भने।
काली नदी उद्गमस्थलको अध्ययन गरेका भुसालले नदी विज्ञानअनुसार काली नदीको शिर लिम्पियाधुरा भएको स्पष्ट पारे। ‘लिपु खोलालाई काली नदी भनेर स्वीकार गर्नु हाम्रो ठूलो गल्ती थियो,’ उनले भने, ‘यो गल्ती नापीकै कर्मचारी गरेका हुन्। यसलाई ध्यान दिएर सरकारले तथ्यका आधारमा समाधान गर्नुपर्छ।’
लिपु खोलालाई काली नदी भनेर स्वीकार गरेपछि भारतले कमजोरीको फाइदा उठाएको र सेनासमेत त्यहाँ राखेको हो। भारतले साविकको काली नदीलाई कुटिङ्याङ्दी भनेर त्योभन्दा ३० किलोमिटर पूर्व कृत्रिम पोखरी, मन्दिर र खोल्सा बनाएर काली नदी भन्न र लेख्न थाल्यो।
भारतले चीनसँगको युद्धका बेला सन् १९६२ मा कालापारिको समतल भूमिमा सेनाको क्याम्प राख्यो। भारतले त्यो भूभाग रणनीतिक र सामरिक रूपमा महŒवपूर्ण देखेपछि अतिक्रमण गरेको उनको ठहर छ। लिपु मानसरोवर जाने सजिलो र छोटो बाटो हो।