Rashtriya Yuva Jagaran
Online Digital News

नियोजित र रणनीतिक रुपबाटै दुई छिमेकी मुलुकहरुबाट नेपाली भूमि मिच्ने क्रम बढ्दो

नेपालीहरु आन्दोलित हुँदै

रायुजा डेक्स
विराटनगर, २३ कात्तिक २०७६ । शक्ति सम्पन्न दुई छिमेकी मुलुक भारत र चीन जसले विश्वकै ठूलो भुभाग ओगट्न सफल भएका छन् । तर पनि साना देशका खोला, नाला, नदी र डाँडामा गिद्देनजर लगाउन छोडेका छैनन । भारतले त आफ्नो नक्सामा नेपाली भुभागलाई नक्साङ्कन गरेर नेपालीको मनमा डढेलो लगाईसकेको छ भने उता चिनले पनि उत्तरतर्फबाट २३ जिल्लामा ६० हजारभन्दा बढी भुभाग मिचेको कृषि मन्त्रालय, नापी विभागले जनाएको छ । त्यति मात्र होइन २०१८ सालदेखि आफ्नो सुरक्षा निकाय राखेर दादागिरी गर्दै आएको भारतलेले कालापानी, लिपुलेकमा नेपाली पस्न नदिएको डेढ दशक भईसकेको छ ।
उत्तरबाट चीन र दक्षिणतिरबाट भारतले नेपाली भूमि मिच्दै भुपरिवेष्ठित सानो राष्ट्र नेपालको भौगोलिक धरातलमाथि गिद्दे नजर लगाई रहेका छन् ।
नियोजित रुपबाटै ठूलो भौगोलिक धरातल भएका र ठूलो जनसंख्या भएका मुलुक भारत र चीनबाट नेपाली सिमामा भएका अतिक्रमणका सम्बन्धमा यतिखेर निकै ठूलो बहस मात्र चलेको छैन । आन्दोलन पनि सुरु भएको छ । आफ्नो मातृभूमि खोसिएकोमा ३ करोड नेपालीको मन रोएको छ ।

Leave A Reply

Your email address will not be published.