वि.सं. २०७६ कार्तिक २५ गते, साेमबार (२०१९ नाेबेम्वर ११), कार्तिकशुक्ल चतुर्दशी

मेष
मेषव्यवसायमा आयदर बढ्नाले खुसीयाली छाउनेछ । विशेष कार्यको जिम्मा पाइनेछ । सम्मानजनक कार्य गरिनेछ । अध्ययनमा रुचि बढ्नेछ । सकारात्मक सोचको उदय हुनेछ । स्वास्थ्यमा समेत सुधार हुनेछ । समय शुभ रहेको छ ।
बृष
बृषपरिश्रम अनुसारको प्रतिफल नमिल्दा काम गर्ने जाँगर घटेर जानेछ । विपक्षीहरुले दुःख दिने छन् । व्यर्थको कार्यमा भुल्दा महत्वपूर्ण कार्य भने ओझेलमा पर्नेछ । काम काम भन्दा स्वास्थ कमजोर बन्नेछ, खानपानमा ध्यान दिनुहोला ।
मिथुन
मिथुनहर्षको खबर मिल्नेछ । व्यवसायबाट राम्रो आम्दानी हुनेछ । सहज वातावरण बन्नाले नयाँ कार्यको आरम्भ हुनेछ । इमान्दारीताको प्रशंसा मिल्नेछ । अघिदेखि उठ्न बाँकी रकमलाई पहल गर्दा सहज तवरले उठाउन सकिनेछ ।
कर्कट
कर्कटवहान सुख मिल्नेछ । मान्यजनको साथ, सहयोगले कार्य गर्न सहज हुनेछ । प्रभावकारी कार्यको आरम्भ हुनेछ । स्वास्थ्य ठीकठाक नै रहला । नोकरीमा प्रशंसा एवं जिम्मेवारी बढ्नेछ । सृजनात्मक कार्यमा मन जानेछ ।
सिंह
सिंहअघिदेखिका समस्या हल भएर जानेछन् भने नयाँ कार्यहरुको प्रस्ताव आउने छन् । सामाजिक कार्यमा चासो रहनेछ । टाढिएका आफन्तजनसँग मिलन हुनेछ । वित्तिय कारोबारले गति लिनेछन् । थालेका अधिकांश कार्यले स्थान पाउनेछन् ।
कन्या
कन्यानयाँ कार्यको आरम्भले तनाब मात्र थपिनेछ । अरुको प्रलोभनमा नपर्नुहोला । अल्छि गर्नाले महत्वपूर्ण अवसर फुत्कनेछ । स्वास्थ्य कमजोर बन्नेछ । सामाजिक कार्यबाट जस मिल्ने छैन । दैनिक कार्यमा समेत समस्या सृजना हुनेछ ।
तुला
तुलासामान्य प्रयासले नै कार्य बन्दा खुसीयाली छाउनेछ । मन मिल्ने व्यक्तिसँगको रमाइलो जमघट हुनेछ । आकस्मिक लाभको संकेत देखिन्छ । विपरीत लिंगिको सहयोगले काम–कार्य बन्नेछन् । मानसिक क्षमताको बृद्धिविकास हुनेछ ।
वृश्चिक
वृश्चिकतनाबदायी कार्यको नेतृत्व गर्नु परेता पनि अग्रजको साथ तथा सहयोग मिल्दा सफल भइनेछ । लगनशिलताको विकास हुनेछ । व्यवसायमा गरेको लगानिले दिगो रुपमा फाइदा लिन सकिनेछ । घरायसी समस्या हल भएर जानेछ ।
धनु
धनुअध्ययन अध्यापन क्षेत्रमा प्रगति हुनेछ । विवादित कार्यलाई मेलमिलापको वातावरणद्वारा सुल्झाउन सकिनेछ । पारिवारिक सहयोग मिल्नेछ । स्वास्थ्य अवस्था सामान्य बन्दै जानेछ । व्यवसायबाट सोचे अनुरुप लाभ मिल्नेछ ।
मकर
मकरअधिक परिश्रमका बापजुध पनि न्यून प्रतिफल मिल्नेछ । जिम्मा लिएका कार्यलाई समयमा पूर्ण गर्न नसक्दा भनाई खानु पर्नेछ । शारीरिक कमजोरीले कार्य गर्न मन लाग्ने छैन । विपक्षीको प्रलोभनमा पर्दा समस्यामा परिनेछ ।
कुम्भ
कुम्भमनमा शान्ति एवं शरीररमा कान्ति छाउने छ । लामो समय पनि प्रीयजनसँग भेट हुनेछ । साथीभाईसँगको रमाइलो भ्रमणको योग बनेको छ । कृषि क्षेत्रबाट अपेक्षित लाभांस मिल्दा हर्ष बढ्नेछ । मांगलिक कार्यको निम्तो पाइनेछ ।
मीन
मीनसकारात्मक सोच विचारको उदय हुनेछ । मांगलिक कार्यमा सहभागी हुने मौका मिल्नेछ । प्रयजनसँगको रमाइलो जमघट हुनेछ । सामाजिक कार्यबाट जस पाइनेछ । धार्मिक कृत्यमा संलग्न भइनेछ । बोलिको कदर हुनेछ ।

Comment here