वि.सं. २०७६ कार्तिक २७ गते, बुधबार (२०१९ नाेबेम्वर १३), मार्गशिर्षकृष्ण प्रतिपदा

मेष
मेषमन वेचैन रहनेछ । विश्वास गरेका व्यक्तिले साथ छाड्ने छन् । आर्थिक पक्ष कमजोर बन्नेछ । चिन्ता, पीरले छाड्ने छैन । स्वास्थ्य कमजोर बन्दा गर्दै गरेका काम कार्य पनि छाड्नु पर्नेछ । संयम रहेर कुटुम्बको साथ सहयोग लिएर कार्य गर्नुपर्नेछ ।
बृष
बृषआत्मकारक ग्रहको पूर्ण साथ मिलेको छ । मानसम्मान मिल्नेछ । नयाँ तौर तरिकाको प्रयोगले गर्दा दैनिक काम कार्यमा समेत सहजताको अनुभव हुनेछ । रोकिएका कार्यलाई अघि बढाउन सकिनेछ । स्वास्थ्य अवस्थामा सुधार हुनेछ । नविन जिम्मेवारी बढ््नेछ ।
मिथुन
मिथुनखर्चभार बढ्दा आर्थिक तालमेल मिलाउन कठिन हुनेछ । बोलिको गलत अर्थ लग्न सक्छ, बोली बचनमा संयमता अपनाउनु पर्नेछ । आफन्तजनसँग विवादले गर्दा वैरभाव उत्पन्न हुनेछ । धेरै दुःख गर्दा पनि न्यून प्रतिफलमा नै चित्त बुझाउनु पर्नेछ ।
कर्कट
कर्कटआकस्मिक धनलाभको योग बनेको छ । व्यवहारिक पक्ष सबल रहनेछ । सुखसुविस्ता उपभोग गर्न पाइनेछ । व्यवसायमा सोचे भन्दा बढी लाभ मिल्दा खुसीयाली छाउनेछ । नयाँ–नयाँ अवसरहरुले पछ्याउने छन् । नाम, दाम कमाउने समय रहेको छ ।
सिंह
सिंहकर्म प्राप्तिको योग बनेको छ । ठूला व्यक्तिसँग सम्पर्क बढ्नेछ । धेरै व्यक्तिको विश्वासको पात्र बनिनेछ । विश्वास दिलाउन सक्दा नयाँ जिम्मेवारी मिल्नेछ । नयाँ कार्यको प्रस्ताव समेत आउनेछ । तपाईँको काम गर्ने कलाले गर्दा प्रशंसकहरु बढ्ने छन् ।
कन्या
कन्याव्यर्थको कार्यमा भूल्दा महत्वपूर्ण मौका फुत्कनेछ । नोकरीमा अपजस व्यहोर्नु परेता पनि व्यापार व्यवसायबाट भने सामान्यतया लाभकारी समय रहेको छ । स्वास्थ्यमा सुधार हुनेछ । धार्मिक कार्यमा सहभागी हुने अवसर मिल्नेछ । सद्विचारको उदय हुनेछ ।
तुला
तुलाअध्ययनमा भन्दा बाहिरी कुरामा मन जानेछ । विना सोच विचार लगानि गर्दा धनरकम फस्नेछ । झन्झटिला कार्य आइलाग्ने छन् । इच्छा शक्ति घट्नेछ । अरुका काम कार्यमा लाग्दा आफ्ना कार्यले भने विश्राम लिनेछन् । दैनिकीमा नै व्यस्थ रहनुहोला ।
वृश्चिक
वृश्चिकआकर्षण शक्ति बढेर जानेछ । प्रेमीप्रेमीका बिचको सम्बन्ध सुमधुर बन्नेछ । प्रियजनसँगको रमाइलो भेटघाट होला । खुसीको खबर मिल्नेछ । काम गरेर चित्त बुझाउन सक्दा विशेष कार्यको नेतृत्व मिल्नेछ । मनमा उमड्ड छाउने छ । दिन शुभ रहेको छ ।
धनु
धनुसामान्य झन्झटको सामना गर्नु परेता पनि नतिजा तपाईँकै पोल्टामा पर्नेछ । धन संचय गर्न मन लाग्नेछ । प्रतिष्पर्धात्मक काम कार्यमा विजयी भइनेछ । काम गर्ने कलाको प्रशंसा मिल्नेछ । मान्यजनको सरसल्लाह लिएर कार्य गर्दा सफल भइनेछ ।
मकर
मकरपारिवारिक समस्याले गर्दा कार्य क्षेत्रमा समेत व्यवधान आउनेछ । सञ्चित धनरकम खर्च हुनेछ । विवादित कार्यको नेतृत्व गर्नुपर्नेछ । असन्तोषी प्रवृत्ति रहनेछ । खानपानकै कारण स्वास्थ्य कमजोर बन्न सक्छ, विशेष ख्याल पु¥याउनु होला ।
कुम्भ
कुम्भवैचारिक मतभेदका कारण विवादको स्थिति सृजना हुनेछ । अरुको भरमा पर्दा अवसर फुत्कनेछ । अवसर हुँदाहुँदै पनि विकल्प रोज्नाले दुःखको सामना गर्नु पर्नेछ । आफन्तजनहरु टाढिने छन् । मातृपक्षको सहयोगले कार्य गर्नुहोला ।
मीन
मीनएकल प्रयासले नै महत्वपूर्ण कार्यमा सफलता मिल्नेछ । शैक्षिक क्षेत्रमा चासो रहनेछ । व्यवसायमा अपेक्षित लाभ मिल्नेछ । श्रमको उचित मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ । पराक्रम बढेर जानेछ । सृजनात्मक कार्यमा चासो रहनेछ ।

Comment here