वि.सं. २०७६ कार्तिक ३० गते, शनिबार (२०१९ नोबेम्वर १६), मार्गशिर्षकृष्ण चर्तुर्थी

मेष
मेषस्वास्थ्यमा सुधार भएर जानेछ । नयाँ सिप, ज्ञान सिक्ने अवसर मिल्नेछ । जिम्मा लिएका कार्यलाई समयमै पूरा गर्न सक्दा प्रशंसा मिल्नेछ । विवादित कार्यलाई मेलमिलाप गरेर अघि बढाउन सकिनेछ । समग्रमा दिन सुधारोन्मुख रहने देखिन्छ ।
बृष
बृषकाम–काम भन्दा स्वास्थ्य कमजोर बन्नेछ । असन्तोषी प्रबृत्तीले सताउनेछ । सामान्य कार्यमा पनि विवाद बढ्नेछ । तर उत्तराद्र्धको समयमा भने पारिवारिक सहयोगले महत्वपूर्ण कार्यको आरम्भ हुनेछ । आर्थिक पक्षमा समेत सुधार हुने देखिन्छ ।
मिथुन
मिथुनप्रीयजनसँगको रमाइलो भेट हुनेछ । नयाँ कार्यको शुरुवातीले उत्सुकता जाग्नेछ । लामो समय पछि मित्र मिलन हुनेछ । उत्तराद्र्धको समयमा स्वास्थ्य कमजोर बन्नेछ । अल्छि गर्ने बानीले महत्वपूर्ण कार्य फुत्कनेछ । आफन्तजनसँग टाढिनु पर्नेछ ।
कर्कट
कर्कटशारीरिक कमजोरीले कार्य गर्न सकिने छैन । नैराश्यता छाउनेछ । तर उत्तराद्र्धको समयमा भने आत्मबल, आत्मविश्वास बढेर जानेछ । एकल प्रयासले नै धेरै कार्यमा सफल भइनेछ । सकारात्मक सोच विचार रहनेछ । सामाजिक कार्यमा जस पाइनेछ ।
सिंह
सिंहसुखसुविस्ताका साधनहरु जुट्ने छन् । हर्षको खबर मिल्नेछ । मनमा शान्ति एवं शरीरमा कान्ति छाउने समय रहेको छ । बेलुकी पख केही अन्योलको वातावरणले बन्नेछ । स्वास्थ्य समस्याले सताउनेछ । जिद्दि गर्ने बानिले बन्नै आँटेका कार्यमा बाधा आउनेछ ।
कन्या
कन्याआर्थिक लगानिले तनाब मात्र निम्त्याउनेछ । चञ्चले स्वभावका कारण बन्नै आँटेका कार्य पनि विग्रनेछन् । खर्चभार बढ्नेछ । तर मध्यान्ह पछिको समय भने सुधारोन्मुख रहनेछ । व्यवसायबाट अपेक्षित लाभ मिल्दा खुसी भइनेछ । बोलिको प्रभाव रहनेछ ।
तुला
तुलासहोदरका व्यक्तिको सहयोगले कार्य बन्नेछन् । नयाँ कार्यको सम्झौता समेत हुनेछ । अर्थाेपार्जनमा ध्यान जानेछ । तर उत्तराद्र्धको समयमा तनाबदायी अवस्था सृजना हुनेछ । अरुको विश्वासमा कार्य थाल्दा आर्थिक नोक्सानी हुने देखिन्छ ।
वृश्चिक
वृश्चिकउपहारादि मिल्नाले खुसी भइनेछ । व्यवसायबाट उचित लाभांस मिल्दा काम गर्ने हौसला थपिनेछ । मान्यजनसँग मिलेर कार्य गर्न पाइनेछ । सरकारी क्षेत्रका अपूरा कामकार्यले स्थान पाउनेछन् । दुःखको उचित मूल्यांकन मिल्दा काम गर्ने हौसला थपिनेछ ।
धनु
धनुपूर्वाद्र्धको समयमा झन्झटिला कार्य गर्नुपरेता पनि उत्तराद्र्धको समयमा सृजनशिलताको विकास हुनेछ । नयाँ कार्यको आरम्भ गर्दा धेरै व्यक्तिको साथ पाइनेछ । धार्मिक कृत्यमा सरीक हुने निम्तो पाइनेछ । विशेष कार्यको जिम्मेवारी समेत मिल्नेछ ।
मकर
मकरबोलिकै कारण विवादमा परिनेछ । वेसुरे निर्णयले गर्दा आँफैलाई घाटा हुनेछ । कष्टको सामना गर्नु पर्नेछ । तर उत्तराद्र्धको समयमा आर्थिक पक्षमा सुधार हुनेछ । शुभ खबर मिल्नाले खुसीयाली छाउनेछ । नोकरीमा भने अपजस नै मिल्नेछ ।
कुम्भ
कुम्भकाम गर्ने कलाले गर्दा धेरै व्यक्तिहरु आकर्षित हुनेछन् । प्रेम प्रसंगले मूर्तरुप लिनेछ । महत्वपूर्ण कार्यको नेतृत्व मिल्नेछ । तर मध्यान्ह पछि अरुको विश्वासमा बस्दा अवसर गुम्नेछ । आर्थिक पक्ष कमजोर रहनेछ । नैराश्यता छाउनेछ ।
मीन
मीनसानातिना समस्या आइलागेता पनि जीत भने तपाईँकै हुनेछ । व्यापार व्यवसायबाट आर्थिक उपलब्धि हुनेछ । मेलमिलापबाट समस्याको समाधान हुनेछ । चातु¥याईँपनले गर्दा विग्रनै आँटेका कार्यलाई पनि सञ्चाएर अघि बढ्न सकिनेछ । अध्ययनमा रुचि बढ्नेछ ।

Comment here