भिडभाड हुने मठमन्दिर तथा देवालयमा भक्तजनले पालना गर्नुपर्ने आचारसंहिता : पढौं र प्रयोग गरौं ।

89

१ नम्बर प्रदेश, विराटनगर–२६ वैशाख २०७७ । काठमाडौंमा रहेको पशुपतिनाथ विश्वका हिन्दु धर्मालम्बीको महत्वपूर्ण तीर्थस्थल मानिन्छ । विभिन्न धार्मिक पर्वहरुमा अत्याधिक भिडभाड हुने उक्त स्थलमा आचार संहिता आवश्यकता थियो र सोही अनुसार विशेष गरेर यहि पशुपतिनाथकै निम्ति आचारसंहिता बनाइएको भए पनि उक्त आचार संहिता बिस्तारै सबैतिर लागु गर्न सकेमा मन्दिर क्षेत्र साँच्चिकै मन्दिर बन्ने छ ।
पशुपतिनाथ मात्र नभएर नेपालका विभिन्न ऐतिहासिक धार्मिक तीर्थस्थलहरुमा भक्तजनहरुबाट हुने गरेका विकृति र विसंगति रोक्नका लागि आचारसंहिता निर्माण गरिएको छ । आराध्यदेव भगवान् श्रीपशुपतिनाथसहित देशभरका महत्वपूर्ण ऐतिहासिक धार्मिक तिर्थस्थलहरुमा भक्तजनहरुले पालना गर्नुपर्ने आचारसंहितालाई पालना गरेर मात्र प्रवेश गर्न पाइने भएको छ । यद्यीप पशुपति नाथ भन्दा बाहिर अनिवार्य नगरिए पनि उक्त आचार संहिता सबैतिरका धार्मिक मन्दिर तथा शिवालयहरुमा प्रयोगमा ल्याउँदा अनुशासित, मर्यादित, पारदर्शी र पुजापाठमा सहज हुने भएकोले यसलाई सबैतिर लागु गर्दा उत्तम हुने देखेर सबैको जानकारीका लागि हामीले प्रकाशन गरेका छौं । यसलाई राम्रोसँग पालना गर्नु गराउनु हुन समेत सम्बद्ध सबैमा अनुरोध छ ।
१) मन्दिर प्राङ्गणमा छालाजन्य बस्तु धारण गरी प्रवेश गर्न निषेध गर्ने ।
२) मन्दिर प्राङ्गणमा शान्त एवं धार्मिक तथा आध्यात्मिक वातावरण कायम गर्न सहयोग पुर्याउने ।
३) उच्छृङ्खल तथा अशोभनीय गतिविधि नगर्ने ।
४) कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा थुक्न, दिशा पिसाब गर्न र फोहोर मैला फाल्न नहुने ।
५) आफूले मन्दिरमा चढाउन लागेको भेटी, दान तथा दक्षिणा नगद भएमा नजिकैका भेटीपात्र तथा दानपात्रमा राख्ने वा राख्न लगाउने र अन्य कुनै द्रव्य वा जिन्सीको हकमा कोषमा दाखिला गरी त्यसको रसिद भरपाई लिने वा लिन लगाउने ।
६) अशक्त, अपाङ्ग व्यक्ति तथा बृद्ध बृद्धाका लागि अग्रीम दर्शन गर्न यथोचित सहयोग गर्ने वा गराउने ।
७) पूजा कार्यमा संलग्न भट्ट भण्डारी वा पुजारीहरुसँग मर्यादित व्यवहार गर्ने ।
८) मन्दिरमा सेवा लिए वापत कुनै पनि पूजारी, भण्डारी, कर्मचारी। सुरक्षाकर्मी तथा अन्य व्यक्ति विशेषलाई नगद, जिन्सी उपहार नदिने ।
९) कोषद्वारा निर्धारित स्थानमा बाहेक अन्य स्थानमा क्यामरा, मोबाइल फोन तथा यस्तै अन्य विद्युतीय उपकरण प्रयोग नगर्ने ।
१०) निर्धारित स्थानमा बाहेक अन्य स्थानमा धुप वत्ति बाल्न नहुने ।
११) जुत्ता चप्पल लगाई मन्दिर प्रबेश गर्न नहुने ।
१२) मन्दिर प्राङ्गणमा चुरोट, विडी, खैनी, पान तथा अन्य सूर्तीजन्य वस्तु प्रयोग नगर्ने ।
१३) मादक पदार्थ सेवन गरी मन्दिर प्रवेश नगर्ने ।
१४) पशुपति क्षेत्रमा रहेका देवदेवीका मूर्तिमा क्षति पुर्याउने नहुने।
१५ निर्धारित सुरक्षा व्यवस्थाको पालना गर्ने ।
१६) मन्दिर प्राङ्गणभित्र कोषले तोकेको स्थानमा मात्र धार्मिक कार्य गर्ने ।
१७) तोकिएको स्थानमा बाहेक अन्य स्थानमा सवारी साधन ल्याउन वा रोकी राख्न नहुने ।