१ नम्बर प्रदेश, विराटनगर–८ जेठ २०७७ । अन्याय परेकालाई न्याय दिने र अन्याय गर्नेलाई दण्डित गर्ने भगवान शनिदेवको जन्म दिन बन्दाबन्दीकै अवस्थामा पनि भोलि घरघरमा आस्था, विश्वास र श्रद्धाका साथ निष्ठापूर्वक मनाइँदैछ । देशको वातावरण सहज भईदिएको भए १ नम्बर प्रदेशभित्रका शनि मन्दिर तथा मठहरुमा भक्तजनहरुको ओइरो लाग्ने थियो । भगवानको मन्दिरमा पुगेर भगवान शनिप्रति निष्ठापूर्वक श्रद्धा प्रकट गर्नेहरुका निम्ति यस पटक कोभिड १९ कोरोना भाइरसले हरण गरिदिएको भए पनि सबैले घरभित्रै बसेर भगवान शनिदेवप्रति भक्तिभाव र श्रद्धा प्रकट गरेर शनिदेवको जन्मजयन्ती मनाइनु पर्ने अवस्था आएको छ । सबैभन्दा उत्तम चाहि शनिदेवको मुर्ति वा तस्बिर घरभित्र राख्नु उचित नहुने भएकाले नजिकैमा पिपलको वृक्ष छ र त्यहाँसम्म पुग्ने वातावरण मिल्छ भने त्यहाँ पुगेर भगवान शनिदेवप्रतिको आ–आफ्नो आस्था, विश्वास र श्रद्धा प्रकट गर्नु उचित देखिन्छ ।अद्वितीका पुत्र सुर्यदेव र उनकी पत्नी छायाँको रुपमा शनिदेवको जन्म भएको हो । सौर्यमण्डलका अति प्रभावशाली र सारै ढिलो गतिभएका ग्रह शनि ग्रह हुन् । न्यायकारक ग्रह हुन शनि भनेका । शनि भनेका अन्यायमा परेकालाई न्याय दिने ग्रह हुन् । शनिको पाप दृष्टि, शनि पाप गर्नेहरुका लागि क्रुर ग्रह भएपनि अन्याय परेकालाई न्याय दिने र अन्याय गर्नेहरुलाई दण्ड दिने काम शनिले गर्दछन् । शनि कुण्डलीमा शनि गएर बस्यो भने व्यक्ति तपस्वि हुन्छ । व्यक्ति साधु हुन्छ, व्यक्ति दानी हुन्छ । व्यक्ति हितैषी हुन्छ । सामाजिक र राजनीतिक क्षेत्रमा प्रखर वक्ता हुन्छ ऊ । तर शनि कमजोर भयो भने व्यक्ति दुराचारी हुन्छ । भोगी हुन्छ । मांसमदिराहरु अत्याधिक खाने, लुलुप हुने पितृहरुको निन्दा गर्ने, पूर्वजहरुसँग तेज गर्ने, कुनै पनि कर्मप्रति नास्तिक भाव भएर जान्छ ।
जसरी हाम्रो कर्मसँगै कसैले बधाई दियो वा पुरस्कार वा उपहार दियो भने हामी जति खुशी हुन्छौं त्यति नै खुशी शनिदेवको जन्म दिन विधिपूर्वक मनाउँदा हुने गर्दछ । शनिदेवको सुख र सम्मानका निम्ति नृत्य कर्म भयो वा शनिदेवका निम्ति पुजा अर्चना गरियो भने शनिदेवले पनि हामीलाई सुख र सम्मान सहित असल मार्गचित्रमा हिंड्ने अभिप्रेरणा दिनुहुनेछ । धनु राशी, मक्कर राशी र कुम्भ राशीहरुलाई यो वर्षभरि आध्य, मध्य र अन्त्य साढेसाती शनि दशा रहेको हुनाले विशेष सावधान पनि रहनु पर्नेछ ।
ब्रम्हमुर्त अर्थात सूर्योदय हुनु अगावै स्नान गर्ने, स्नान गर्दा औसी हो । चन्द्रमाको प्रभाव कम रहन्छ । शनिको जन्म दिन भएकोले सेता कपडा नगराउनु राम्रो हुन्छ । मन्द खालका, चम्किला, राता होइन, हल्का ध्वासे, घ्यु, काला रंगका कपडा लगाउनु उचित हुन्छ । स्नान गरेर पुरै कपडा, जनैसमेत नयाँ अर्थात धोएका, सफा कपडा लगाउनु राम्रो मानिन्छ ।
त्यसपछि शनिको पुजा गर्दा शनिको मुर्ति वा तस्बिर घरभित्र राख्न पाइँदैन । घरभित्र राखियो भने अशुभ हुन्छ । पिपलको वृक्षमा गर्न पनि कोभिड १९ को कारण देश लकडाउन अर्थात बन्दाबन्दीमा परेको बेला पिपलको फेदमा जान सक्ने अवस्था पनि नरहला । तर शनि जयन्ती भएको हुनाले शनिलाई कहिँ पनि राखेर सम्झन सक्नुहुनेछ । चामलमा सुपाडी राखेर शनिदेवको पुजा गर्दा हुन्छ । आजको दिन पुजा कोठामै तामुललाई वा सुपाडीलाई जलले धोएर शुद्ध बनाएर अबिर, तिल चढाईदिने, ओम शनशनिश्चराय नमः भन्दै पुजा गर्दा उत्तम हुनसक्छ । मन्त्रहरु आउँछन भने मन्त्र उच्चारण गर्ने, हनुमान चालिसा आउँछ भने हनुमान चालिसा पाठक गर्ने, आउँदैन भने आउँदैन भने युट्युवबाट हुनमान चालिसा श्रवण गर्ने र आफूले शनिको ध्यान गर्ने र त्यो पुजा गरिसकेको सुपाडी दाहिने तिरबाट आफ्नो शिरमा ८ पटक घुमाएर फुलबारीमा राखिदिँदा शनिदेवको कृपा हुन्छ । द्विप, नैवध दिने दिने कुराहरु पनि हुन्छन् ।
अर्को तपाई पिपलमा जान सक्नुहुन्छ । नजिकमा छ भने त्यहाँ गएर पनि पुजा, ध्यान र एकाग्रताका साथ भगवान शनिदेवप्रति लिन हुन सक्नुहुनेछ । पिपलको बोटामा पुगेर ८ पटक परिक्रमा गरेर सुगन्धित जल अर्पण गर्ने, पानीमा तिल, दुध राखेर पिपलको फेदमा गएर ओम शन शनिश्चराय नमः भनेर अर्पण गरिदिँदा भगवान शनि प्रशन्न रहन्छन् । पिपलको वृक्षमा पश्चिम दिशातर्फ फर्केर ओम शन शनिश्चराय नमः भनेर एक छिन थप गरियो वा हनुमान चालिसा वाचन गरियो भने शनिदेव साहैं प्रश्न्न हुनुहुनेछ । सबैभन्दा राम्रो हनुमान चालिसा जप गर्ने नै हो । हनुमान चालिसा भनेको शनिदेवताका इष्ट आराध्यदेव हनुमान नै हुन् भगवान शिवजी हुन तसर्थ हनुमान चालिसा अति उत्तम हुनेछ । कालो धागोलाई आफ्नो शिरदेखि पैतालासम्म नापेर त्यसलाई आठ वटा गाँठो बनाएर आफ्नो शरिरको कुनै पनि अंगमा बाँधेर राखियो भने अरुको नजरदोषबाट शान्ति हुनेछ । जसले वर्षभरि शनिको कृपा रहन्छ । दिनभर केही नखाई ब्रत बसियो र साँझमा धुपबाती गरेपछि भोजन ग्रहण गरियो भने अति उत्तम हुनेछ । ब्रम्हचारी बनेर भोलविलास र मनोरञ्जनबाट अति टाढा रहेर भगवान शनिदेवप्रतिको आस्था, विश्वास र श्रद्धा प्रकट गरियो भने पक्कै पनि वर्षभरि राम्रो फल प्राप्त हुनेछ । दिनदुखि, गरिबहरुलाई हेप्ने, होच्याउने, जिस्क्याउने काम गर्दै नगर्नुस् । बरु सकिन्छ भने उनीहरुलाई कालो कम्मल, कालो कपडा, गहत वा कालो दालहरु, प्याकेटको तोरीको तेल आदि दान दिन सक्नु भयो भने अति उत्तम हुन्छ । साथै ज्येष्ठ नागरिकको सम्मान र श्रद्धा पनि हुनुपर्दछ । यस दिन अव्यवहारिक, गैरकानुनी, खराब काम गर्नै हुँदैन । शनि जयन्तीको दिन फलामको कुनै पनि बस्तु खरिद गरेर घरभित्र ल्याउन हुँदैन । त्यो अशुभ मानिन्छ । वैगुन, कालोदाल, गहतको दाल पकाएर खाएमा शुभ हुन्छ ।