काठमाडौं, १५ जेठ २०७७ । प्रशिद्ध गीतकार तथा आधुनिक नेपाली गीतका प्रणेता रत्नशम्शेर थापा अब हामी बीच रहेनन् । थापाको भौतिक शरिरले धर्ति छोडिसकेको छ । स्वास प्रश्वासको समस्याका कारण थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारार्थ अवस्थामै ८२ वर्षको उमेरमा उनको निधन भएको हो ।
नेपाली ओठमा झुण्डिने कालजयी गितहरु ‘जाग लम्क चम्क हे’, ‘ठट्टैमा यो वैंस जान लाग्यो’, ‘घुम्तीमा नआउ है’ नेपाली माझ छोडेर अस्ताएका छन् । रत्नशमशेरसँग नजिक हुनेहरु भन्छन– स्वरसम्राट नारायण गोपालको गायन यात्रा नै रत्नशमशेरले गरिदिएका थिए । नारायण गोपालले गाएको ‘स्वर्गकी रानी मायाकी खानी’ रत्नशमशेरले नै लेखेको गितसहित नारायण गोपालको पहिलो एल्बमका सबै गितहरु रत्न शमशेरले नै लेखेका हुन । यसैगरी प्रेमध्वज प्रधानले गाएका धेरै गीतहरु पनि रत्नशमशेरकै छन् । रत्नशमशेरका श्रीमति र २ छोरा रहेका छन् । रत्नशमशेर थापाप्रति हार्दिक श्रद्धाञ्जलीसहित ।