रायुजा डेक्स

१ नम्बर प्रदेश, विराटनगर– ३२ जेठ २०७७ । प्रधानमन्त्री कपी शर्मा ओलीले संविाधन संशोधनबाट नेपालको निशान छापमा नेपालको नक्सा संशोधन भएपछि एउटा कोर्स पुरा भएर अब भारतसँग वार्ताको आधार तयार भएको बताएका छन्।
लिम्पियाधुरा, लिपुलेक र कालापानीसहितको निशानछाप समावेश गरी सर्वसम्मतले संविधान संशोधन भएपछि प्रधानमन्त्री केपी शर्मा ओलीले सञ्चारकर्मीलाई उक्त प्रतिक्रिया दिएका हुन् । प्रधानमन्त्री ओलीले भने– अब भारतसँग वार्ता हुन्छ । संसदले सर्वसम्मतद्वारा शनिबार साँझ संविधान संशोधन प्रस्ताव पारित गरेको हो।
संविधान संशोधनमा अभूतपूर्व एकता देखिएको भन्दै उनले प्रसन्नता पनि व्यक्त गरेका छन्। प्रतिनिधिसभामा उपस्थित २ सय ५८ सांसदद्वारा सर्वसम्मतले संविधान संशोधनका पक्षमा मतदान गरेका थिए।