राष्ट्रियसभाबाट आज नयाँ नक्सासहितको निशान छाप परवर्तनका लागि संविधान संशोधन हुने

34

No photo description available.काठमाडौँ, ०४ असार २०७७ । सरकारले लिपुलेक–लिम्पियाधुरासहितको भू–भाग समेटेर जारी गरेको नक्सा अनुसार निशान छाप परिवर्तनका निम्ति प्रतिनिधिसभाले पारित गरेको संविधान संशोधन विधेयक आज (बिहीबार) राष्ट्रिय सभाबाट पनि पारित हुँदैछ । उक्त विधेयक जेठ ३१ गते दुईतिहाई भन्दा बढी मतले प्रतिनिधिसभाबाट पारित भईसकेको छ। अब उक्त विधेयकलाई राष्ट्रिय सभाबाट पारित गराउन पनि दुई तिहाई मन नै चाहिन्छ । राष्ट्रियसभाका सचिव राजेन्द्र फुयाँलले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘नेपालको संविधान (दोस्रो संशोधन) विधेयक, २०७७’ टेबुल गरेपछि जेठ ३२ गते आइतबार राष्ट्रियसभाको दोस्रो बैठकमा विधेयकमाथि छलफल भएको थियो । सोही दिन नै सैद्धान्तिक छलफल सकेर संशोधनका लागि ७२ घण्टाको समय दिइएको थियो ।
७२ घण्टाको समय सकिएपछि राष्ट्रियसभाले बिहीबार विधेयक पारित गर्ने तयारी गरेको हो । राष्ट्रियसभामा पनि विधेयक दुई तिहाइ बहुमतले पारित गर्नुपर्ने संवैधानिक व्यवस्था छ । राष्ट्रियसभाको बैठक बिहीबार अपराहन्न चार बजे बस्ने छ ।