१ नम्बर प्रदेश, इटहरी–०४ साउन २०७७ । मोरङ र सुनसरी जिल्लाबाट रोजगारीका क्रममा विदेश गएका दाजुभाई तथा दिदीबहिनीहरु मोरङसुनसरी सेवा समाज (मोसु) मार्फत गोलबद्ध हुने क्रम बढ्दै गएको छ ।
मोसु केन्द्रको समन्वय तथा सम्बन्धनमा विश्वव्यापीकरण अभियान अन्तर्गत शुक्रबार (१८ जुलाई २०२०) का दिन माल्टामा तेज माझीको संयोजकत्वमा ११ सदस्यीय तदर्थ समिति र ३ सदस्यीय सल्लाहकार समिति गठन गरेर मोसु विश्वव्यापीकरणको नयाँ शाखा बिस्तार भएको नवगठित समितिका सचिव सुवास तिम्सिनाले इमेलमार्फत जानकारी गराएका छन् ।
‘मोरङसुनसरीको चाहना, सभ्य र समृद्ध समाजको स्थापना’ मूल नाराका साथ कतारमा कार्यरत मोसुबासी युवायुवतीहरुबाट स्थापित उक्त संस्थाको आठौं शाखाका रुपमा माल्टा स्थापित भएको छ ।
तदर्थ समितिको संयोजकमा तेज बहादुर माझी, उपसंयोजकमा चन्द्रकला राई, सचिव सुवास तिम्सिना, सहचिव सरिन कट्वाल, कोषाध्यक्ष सुजना खड्का र सदस्यहरुमा क्रमशः रोशन निरौला, जोननाथन मगर, अनु कडरिया, मञ्जिल केसी, मनिस गुरुङ र अस्मित रिजाल रहेका छन् । सोहि भेलाले निरज ढकालको संयोजकत्वमा शंकर राय र आकाश राजवंशी सल्ल्लाहकार रहने गरि सल्लाहरकार समिति समेत चयन गरेको छ ।
मोरंगसुनसरी सेवा समाज नेपालको सामाजिक संघसंस्था ऐन वमोजिम स्थापितर नेपाल सरकारवाट मान्यता प्राप्त सामाजिक संस्था हो । यसलाई छोटकरीमा मोसु भनिन्छ । जिल्ला प्रशासन कार्यालय मोरङमा दर्ता नं २६९४\२०६८ प्राप्त गरी आधिकारिक दर्ता भएको यो संस्थाको केन्द्रिय कार्यलय ईटहरी सुनसरीमा छ । सामाजिक काम तथा विभिन्न उद्यमशिल गतिविधिहरु सञ्चालन गर्नका लागि मोरङसुनसरी सेवा समाजले २ जिल्ला र ति दुई जिल्लाबाट विदेशका विभिन्न देशमा पुगेर कार्यरत, व्यवसायरत र अध्ययनरत जिल्लावासीसँग समन्वय गर्दै शाखा बिस्तार गर्दै आइरहेको छ।
यस संस्थाले कतार, ओमन, युएई, वहराईन, कुवेत, जापान, साउदी अरेवियामा र माल्टासहित ८ वटा शाखाहरुले विधिवत् रुपमा काम गर्दै आएका छन् भने अष्ट्रेलिया, युके, अमेरिका र युरोपका विभिन्न देशहरुमा रहेका मोरङसुनसरीवासीहरुसँग समन्वय गरी शाखाहरु स्थापना गर्ने काममा तदारुकताका साथ लागेको छ ।
मोसु माल्टा शाखाका उद्देश्यहरु स्पष्ट पार्दै संयोजक तेज माझीले भने–माल्टामा कार्यरत मोरङ सुनसरीवासीहरु विच भाईचारा र आपसी सम्पर्क वढाई पारस्परिक सद्भाव वृद्धि गर्ने, माल्टा स्थित समस्यामा परेका नेपाली दाजुभाई तथा दिदिवहिनीहरुलाई आर्थिक, नैतिक तथा मानविय सहयोग गर्ने, नेपाल, नेपाली र मोरङ र सुनसरी जिल्लाको पहिचान गर्ने विभिन्न सामाजिक, सास्कृतिक, खेलकुद आर्थिक र मनोरञ्जनात्मक गतिविधि गर्ने, माल्टामा कार्यरत विभिन्न पेशामा आवद्द मोरङ सुनसरी जिल्लावासीहरुको विवरण तथा लगत तयार पार्ने तथा त्यसको आधारमा सदस्यहरुको व्यवसायिक ज्ञान बृद्दि गर्ने तथा उद्यमशिल गतिविधि गर्न सहजिकरण्ण गर्ने लगायत रहेको छ ।
आफ्ना सदस्यहरुको चेतना वृद्दि तथा व्यक्तित्व विकासमा सहयोगी भुमिका निर्वाह गर्ने र मोसु नेपालको सहययोग तथा समन्वयमा नेपालका स्थानिय निकायहरुसँग साझेदारी गरि विभिन्न सामाजिक, उद्यमशिल र मानविय गतिविधि सञ्चालन गर्ने काम मोसु माल्टा शाखाले गर्ने जानकारी सचिव सुवास तिम्सिनाले दिए ।
संस्था गठन भई सकेपछि संस्थाको उद्देश्य प्राप्तीका लागि सहयोग गर्न तथा कटिवद्द भएर काम गर्न शाखाका सदस्यहरुलाई सल्लाहकार संयोजक निज ढकालले आह्वान गरे । त्यसका साथसाथै माल्टामा स्थापित नेपाली संघ संस्था, व्यवसायिक, वुद्धिजिवी तथा सामाजिक अभियन्ता साथै व्यक्तित्वहरुको सहयोग रहनेछ भन्ने विश्वास लिएको समेत सल्लाहकार संयोजक ढकालले बताए ।