काठमाडौं, ६ साउन २०७७ । सरकारले विद्यार्थीलाई घरमै थुनेर पैसा चाहि तिराउने अभियानमा जुटेको छ ।
विद्यालय खोल्न ब्यापक दबाबका कारण बिद्यालय नखोलेरै विद्यार्थी भर्ना खुला गर्ने तयारीमा जुटेको शिक्षा मन्त्रालय स्रोतको दावी छ ।
स्रोतका अनुसार अहिले तत्काल विद्यालयहरु खुल्ने छैनन् तर भर्ना कार्यक्रम भने खोलिने छ । लामो समयदेखि बन्द रहेका विद्यालयहरुमा साउन ८ पछि विद्यार्थी भर्ना गर्न दिने मन्त्रिपरिषदले निर्णय गरेको बताए।
धेरैजसो विद्यालयमा अहिले पनि क्वारेन्टिन बनाइएको छ। ति विद्यालयलाई निर्मलीकरण गर्नेसमेत निर्णय भएको स्रोतले जनाएको छ।
यस्तै, सामुदायिक विद्यालयका शिक्षकहरुलाई साउन ८ देखि १५ गतेसम्म विद्यालयमा पुग्नु भनिएको छ।
निजि विद्यालयहरूको चर्को दवावका कारण भर्ना लिन छुट दिने सरकारले निर्णय गरेको हो । तर, अभिभावक भने यसमा खुशी छैनन् ।