वर्षाका कारण गएको पहिरोमा परी एकै दिन १७ को निधन, २८ बेपत्ता, बचाउ, बचाउ भन्दा भन्दै गाउँ नै बगायो

30

हालसम्म बाढीपहिरोमा परेर २०६ जनाको निधन, ७१ बेपत्ता, १६० घाइते

१ नम्बर प्रदेश, विराटनगर–३१ साउन २०७७ । मुलुकमा परेको झरीका कारणले विभिन्न क्षेत्रमा झरेको पहिरोमा परेर शुक्रबार एकै दिन १७ जनाको निधन भएको छ । उक्त पहिरोमा पुरिएर, बगाएर २८ जना बेपत्ता बेपत्ता भएका छन् ।
सबैभन्दा ठूलो पहिरो सिन्धुपाल्चोकको जुगल गाउँपालिका–२ लिदीमा खसेको छ । शुक्रबार बिहान साढे ६ बजे गएको पहिरोले कम्तीमा २१ घर पुरेको वडाध्यक्ष प्रताप लामाले दिए । सो गाउँमा २१ घरका सबै परिवार पहिरोमा पुरिएको त्यसगाउँमा मात्रै १० जनाको निधन भएको र अन्य २८ जना बेपत्ता रहेका गृहमन्त्रालयअन्तर्गत राष्ट्रिय आपत्कालीन कार्य सञ्चालन केन्द्रका प्रमुख मुरारी वस्तीले जानकारी दिए । बेपत्ता भएकाको खोजी जारी छ ।
स्थानीयवासीले जोखिम क्षेत्र पहिचान गरी उच्च सावधानी अपनाउँदै आए पनि अन्ततः पहिराबाट जोगिएनन् । बचाउ, बचाउ भन्दा भन्दै पहिरोमा पुरिए स्थानीयबासी । स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाउँदै बस्ती व्यवस्थापन गर्न मागसमेत गरे पनि सुनुवाइ हुन नसकेको कारणले गाउँ नै ध्वस्त भयो ।
वस्तीका अनुसार कालीकोटको महावै गाउँपालिका–३ नकुमा पनि पहिरामा परेर एकै परिवारका ६ जनाको मृत्यु भएको छ । अन्य दुई जना घाइते छन् । माथिबाट पहिरोले उनीहरूको घर थिचेको थियो ।
यस्तै, मकवानपुरको थाहा नगरपालिका–१२ गैरीगाउँस्थित एक ढुङ्गाखानीमा माथिबाट पहिरो खस्दा शुक्रबार ९३० साउन० नै एक जनाको मृत्यु भएको वस्तीले बताए । सोही क्रममा एउटा स्काभेटर र टिप्परमा क्षति भएको छ ।
ज्ञातव्य छ, यो वर्षको वैशाखदेखि हालसम्म पहिरामा परेर २०६ जनाको मृत्यु भएको छ । अझै ७१ जना बेपत्ता छन् । १६० भन्दा बढी घाइते भएका छन् ।
उद्धारमा सेना परिचालन
घाइतेमध्ये चारजनालाई नेपाली सेनाको हेलिकोप्टरबाट चौतारा पठाइएको नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोषवल्लभ पौडेलले जानकारी दिए। उनका अनुसार पहिरो गएको ठाउँमा नेपाली सेनाको झिर्पु सुरक्षा बेसबाट उद्धारका लागि सहसेनानीको नेतृत्वमा २१ जनाको टोली परिचालित भएको छ।
‘हाम्रो टोली बिहानै त्यहाँ परिचालन गरिएको हो,’ उनले भने, ‘त्यहाँको उद्धारमा थप मद्दत गर्न टोली तयारी अवस्थामा छ।’ सिन्धुपाल्चोकका सहायक प्रमुख जिल्ला अधिकारी बाबुराम खनालले घटनास्थलमा सुरक्षाकर्मी पुगेर उद्धारमा खटिएको जानकारी दिए।