कोरोनाले बाहिरी रमझ्म हरण गरेपछि घरभित्रै सीमित हुन पुगेको तिज

56

पार्वतिको इच्छाविपरित बाबुले विवाह गराईदिन खोजेपछि साथीहरुले पार्वतीलाई हरण गरेर लगेको र गुफामा बसेर तपस्या गरेर महादेव वर पाएको कथासँग जोडिएको तिजको महिमालाई यस पटक पुरै पर्व कोभिड–१९ कोरोना भाइरसले हरण गरिदिएर घरभित्र बाँधिएको दुःखद् अवस्थाबाटै घरभित्रै पनि सामाजिक दुरीको हेक्का राखेर देशभरका महिलाहरुले तिज मनाइरहेका छन् ।

सृजना कार्की

१ नम्बर प्रदेश, विराटनगर, ०५ भदौ २०७७ । विगत वर्षहरुमा आधा वर्ष त सांगीतिक धमकाका एल्बमहरुबाट मनाइने तिथ यस पटक घरभित्रै सीमित हुन पुग्यो । आधा आकाश ढाकेका विशेष गरेर महिलाहरुको पर्व तिजको दुस्मन भएर आयो कोभिड–१९ कोरोना भाइरस ।
यहि कोरोना भाइरसकबाट बच्नका निम्ति काठमाडौंदेखि देशभित्रका प्रायः सबै जिल्लाहरुमा पालिका र जिल्लाको समन्वयमा निषेधाज्ञा र लकडाउन जारी रहेको छ । विगत ५ महिनादेखि जारी हुँदै आएको लकडाउन साउनको पहिलो साताबाट खुकुलो बनाइए पनि त्यो खुकुलोपनाका फाइदा उठाउँदै कोरोना भाइरसले सबैतिर दुःखदिन थालेपछि फेरी जिल्ला प्रशासन कार्यालयद्वारा निषेधाज्ञा जारी गर्ने र पालिकाहरुले लकडाउन गरेर जनताको जीवन रक्षाका लागि लड्ने क्रममै यस पटकको तिज पनि हरण भएको छ । तथापि महिलाहरुलाई एक ठाउँबाट अर्को ठाउँमा नगई जो जहाँ रहे पनि त्यही खुशी साथ घरभित्रै तिज मनाइँरहेका छन् ।
पार्वतिको इच्छाविपरित बाबुले विवाह गराईदिन खोजेपछि साथीहरुले पार्वतीलाई हरण गरेर लगेको र गुफामा बसेर तपस्या गरेर महादेव वर पाएको कथासँग जोडिएको तिजको महिमालाई यस पटक पुरै पर्व कोभिड–१९ कोरोना भाइरसले हरण गरिदिएर घरभित्र बाँधिएको दुःखद् अवस्थाबाटै घरभित्रै पनि सामाजिक दुरीको हेक्का राखेर देशभरका महिलाहरुले तिज मनाइरहेका छन् ।
१ नम्बर प्रदेश विराटनगर, इटहरी, धरान, इनरुवा, दुहवी, बुढीगंगा, गढी, सुन्दरहरैंचा, पथरी, उर्लाबारी, कानेपोखरी, दमकलगायत १४ वटै जिल्लाका प्रख्यात शिवालयहरु आज कोरोना संक्रमणको त्रासका सुनसान छन् । विगतमा थामीनसक्नु भक्तजनहरुको भिडभाड हुने यस्ता देशभरका शिवालयहरुले कोरोना भगाएर पुनः विगत झै हुने अपेक्षामा चुपचाप बसेका छन् ।
सांगीतिक प्रस्तुतिमा पनि त्यस्तो असर परेको छ । गीतहरुको वर्षा र विभिन्न स्थानमा तिज विशेष कार्यक्रम सांगीतिक धमकाले युवायुवतीहरुलाई लठ्ठ बनाउने गर्दथ्यो तर यस पटक विगत वर्षहरुमा जस्तो यो वर्ष तिज विशेष भनेर सांगीतक कार्यक्रम हुने कुरै भएन एलबमहरु वा सांगीतिक भिडियोहरु पनि त्यति निस्केनन् । केही सामान्य निस्किए तर तिजकै दिनमा भने केही सांगीतिक एलबमहरुमा कोरोनासँग बचेर बस्न र जीवन बचाउन आग्रह सहित जीवन बाँचे पर्व आगामी दिनमा मनाउने वचनबद्धतासहितका सांगीतिक भिडियो भने बाहिरिएका छन् ।
आजको तिजमा महिलाहरुले विशेष गरेर ब्रतबाट महादेव प्राप्त गरेको कथासँग जोडिएर मनाउन थालिएको यो पर्वमा हजारौं नारीहरु निहार ब्रत बसिरहेका छन् ।
कोरोना फैलने डरले देशभरका धार्मिक देवालयहरुमा पुजाआजा बन्द गरिएको सन्दर्भमा काठमाडौंदेखि देशभरिका देवालय सुनशान छन् ।
तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका तिज पर्व मनाउँदैछन् । आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो बर्तालु महिला नै हुन्छन् ।
परिवार वा व्यवहार महिलाको मात्र नभएर महिला र पुरुष दुवैको भएका कारणले पारिवारिक कल्याण, सुखमय दाम्पत्य जीवनको कामना, मनोकाङ्क्षा पूरा गर्ने कामनाका धामिक पवित्रता बोकेको यस पर्वका दिन महिला मात्र होइन पुरुषले पनि ब्रत बस्दा हुने धर्मशास्त्रविद्हरु बताउँछन् । भाद्र शुक्ल तृतीयामा व्रत बसी शिव पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र कल्याणको प्राप्ति हुने धार्मिक विश्वास छ ।
तिव ब्रत कथा कसरी प्रारम्भ भयो भन्ने सन्दर्भमा इटहरीका ज्योतिष गुरु कमल कोइराला बताउँछन–सत्ययुगमा हिमालय पुत्री पार्वतीले गौरीघाटमा बसी तपस्या गरेर श्री महादेव पति पाउने बरदान पाएकी थिइन् तर पिता हिमालयले पार्वतीको इच्छा विपरीत विष्णुसित विवाह गरिदिन खोजेपछि साथीहरुलाई आफ्नो समस्या सुनाइन् । पार्वती समस्यामा परेको थाहा पाएपछि उनका साथीहरुले हरण गरेर लगी कसैले नदेख्ने ठाउँमा लुकाएर राखिदिए । साथीहरुले लुकाएकै ठाउँमा पार्वतीले निराहार व्रत गरी महादेवलाई पतिका रुपमा प्राप्त गरिन् । यसरी पार्वती साथीहरुद्वारा हरण भएको दिन भाद्र शुक्ल तृतीयाको दिन भएकाले त्यही समयदेखि हरितालिका तिजको व्रत लिने प्रचलन शुरु भएको हो ।
संस्कृत भाषाका ‘हरित’ र ‘आलिका’ दुईवटा शब्द मिलेर हरितालिका शब्द बनेको छ । जसमा ‘हरित’ शब्दको अर्थ हरण गरिएको र ‘आलिका’ शब्दको अर्थ साथी भन्ने हुन्छ । सत्ययुगमा आजैको दिन निराहार व्रत बसी पार्वतीले श्रीमहादेव स्वामी पाएकीले आजको दिनमा व्रत बस्दा मनोकामना पूरा हुने विश्वास छ ।
ब्रतालुले बिहीबार राति दर खाएर व्रतका लागि शक्ति सञ्चय गरेका थिए । आज निराहार व्रत बसी महादेवको पूजा आराधना गरिन्छ । भाद्र शुक्ल चौँथीका दिन तीज व्रत समापनका लागि गोदान, पूर्णपात्र गरी गणेश चतुर्थीका अवसरमा विघ्न विनाशक गणेशको पूजा आराधना हुन्छ । आइतबार अरुन्धतीसहित सप्तऋषिको विधिपूर्वक पूजा आराधना गरेपछि चार दिने तीज पर्व समाप्त हुन्छ ।
यस वर्ष तीजका बर्तालुले घर घरमै देवादिदेव महादेवको पूजा आराधना गरी हरितालिका तिज पर्व मनाउँदैछन् ।
आजका दिन सक्नेले निराहार, नसक्नेले जलाहार र त्यो पनि नसक्ने फलाहार व्रत बस्ने गरेका छन् । प्रायःजसो बर्तालु महिला नै हुन्छन् । अशक्त, बिरामी, गर्भवती महिला, बालबालिका, बृद्धबृद्धाहरुलाई भने ब्रत नबस्दा हुने छुट धर्मशास्त्रले नै दिएको कोइरालाको भनाई छ ।