रायुजा संवादाता
काठमाडौं, ८ भदौ २०७७ । अमेरिकी पत्रकार संघ (नेजा)ले स्वर्गीय पत्रकार बलराम बानियाँको परिवारका निम्ति संकलन गरी पठाएको रकम स्व. बानियाको १३ औं पुण्यतिथीका अवसरमा हस्तान्तरण गरिएको छ । पत्रकार महासंघका पूर्वसचिव समेत रहेका वरिष्ठ पत्रकार स्व. बानियाँका पारिवारिक सदस्यलाई पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्यले प्राप्त ४ लाख ३१ हजार ९ सय ५१ रुपैयाँ हस्तान्तरण गरेका हुन् ।
स्व. बाँनियाको गृहजिल्ला तनहुँको भानु नगरपालिका–१३ स्थित मिर्लुङ्ग गाउँको बानियाँ टोल पुगेर उक्त रकम हस्तान्तरण गरिएको पत्रकार महासंघले जनाएको छ ।
रकम हस्तान्तरण गर्दै अध्यक्ष आचार्यले स्व. बानियाँ निधनप्रति दुःख व्यक्त गर्दै समवेदना व्यक्त गरेका छन् । उक्त अवसरमा अध्यक्ष आचार्यले महासंघ केन्द्र, प्रदेश र तनहुँ शाखाको तर्फबाट समवेदनापत्र पनि परिवारलाई हस्तान्तरण गरेका थिए ।