रायुजा संवाददाता
१ नम्बर प्रदेश, इटहरी–८ भदौ २०७७ । गत शुक्रबार अछामको रामारोशनका बाढीपीडितलाई राहत वितरण जनताका लागि आहात बनेको छ । एकातिर बिउ नपाएर बल्लतल्ल खेल रोपाई गरेका किसानले समयमा मल नपाएको अवस्थामा गृहमन्त्री रामबहादुर थापा (बादल)को टोली पुगेर भएको धान पनि मडारि दिए पछि गाउँले कुटोकोदालो लिएर निस्कन मात्र सकेनछन आलोचनाको कुरै छोडौं ।
मलमा कमिशनको ढेरमा रमाएका बिचौलिया, उच्च अधिकारी, मन्त्री लगाएका व्यक्तिहरुको अदुरदर्शिका कारणले १ अरब कमिशनबाट अरबौं कृषकको क्षति पु¥याएको अवस्थामा मन्त्री नै उपस्थित भएको कार्यक्रममा मरेर बाँचेको धानखेतमा कार्यक्रम गरेर माडेर नष्ट गर्नु कति लाजमर्दो विषय होला जोकाहीले नजरअन्दाज गर्न सक्दछ । तर कार्यक्रम सकेर फर्केपछि अनेकन वहाना बनाएर, घुमाएर माफि माग्ने र आइन्दा त्यस्तो नगर्ने भन्ने आशयको विज्ञप्ति जारी गर्छन । यस्तै गरेका छन गृहमन्त्री रामबहादुर थापा बादलले ।
बुधबार यहाँ बाढीपहिराले ठूलो जनधन क्षति भएको थियो ।
गृहमन्त्री रामबहादुर थापा सहभागी बाढीपिडितका लागि राहत वितरण कार्यक्रम धानबालीमा गरेको भनी गृहमन्त्रीको आलोचना भएपछि उनको सचिवालयले खण्डन गरेको छ । सचिवालयले प्रचार गरिए जस्तो धानखेतमा कार्यक्रम नगरिएको प्रेस नोटमार्फत स्पष्ट गरेको छ ।
अछामका रामारोशनमा गत बुधबार आएको बाढीबाट पीडितका लागि राहत लिएर गत शुक्रबार गृहमन्त्री नेतृत्वको टोली उक्त स्थानमा पुगेको थियो । बुधबार यहाँ बाढीपहिराले ठूलो जनधन क्षति भएको थियो । सोही क्रममा बाढीले धानखेती नष्ट गरेको खेतसँगैको खोला किनारमा कार्यक्रम गरिएको भएपनि धानखेतमा कार्यक्रम गरेको भनी आलोचना भएको गृहमन्त्री थापाका प्रेस संयोजक किरण भट्टराईले बताए ।
कार्यक्रमस्थलको छनोट स्थानीय प्रशासन र गाउँपालिकाले तय गरेको जनाइएको छ । प्रेस नोटमा भनिएको छ–बाढीले नष्ट गरेको खोला किनारको धानखेत नजीकै कार्यक्रमस्थल बनाइएका सम्बन्धमा विभिन्न कोणबाट आएका सुझावलाई आत्मसात् गर्दै आगामी दिनमा यस्ता कुरामा समेत थप सचेतता अपनाउने प्रतिबद्धता व्यक्त गर्दछौँ ।’