म्युजिक भिडियोमा नेकपा प्रभावशाली नेता बामदेव गौतम, जय जय जय जय प्राणभन्दा प्यारो नेपाल

47

पूर्व उपप्रधानमन्त्री तथा सत्तारुढ नेपाल कम्युनिष्ट पार्टीका प्रभावशाली नेता वामदेव गौतम पहिलो पटक म्युजिक भिडियोमा देखा परेका छन् । गौतम आफैले लेखेको गितको ‘यो मुक्त भूमि हो बुद्ध भूमि’ बोलको गीतको भिडियो उनी देखिएका हुन् । उक्त भिडियो यूट्यूवबाट रिलिज गरिएको छ ।
राष्ट्रभक्तिमा आधारित रहेको गीतलाई मनोहर सुनामको एरेन्जमा दिग्गज संगीतकार शम्भूजित बास्कोटाले संगीत दिएका छन् । गीतमा रोशनराज गुरुङ, माण्डवी त्रिपाठी, र अञ्जना गुरुङले स्वर दिएका छन् । गीतको भिडियो दीर्घ गुरुङले खिचेका हुन् भने जीवन थापाले सम्दादन गरेका छन् ।
गौतमले रचना गरेका ४३ वटा गीतहरुलाई एकत्रित गरी गीति संग्रह पनि प्रकाशनमा ल्याइएको छ । यसमा सार्वजनिक भएका र हुन बाँकी उनका रचनाहरु संग्रहित रहेको जनाईएको छ । प्राय गीतहरु राष्ट्रभक्तिमा आधारित छन् भने त्यसबाहेक सामाजिक, सामाजिक तथा सांस्कृतिक विषयहरुलाई उठान गरिएको छ ।
गौतमको नेपालको राष्ट्रिय गानका लागि गराइएको प्रतिस्पर्धामा पनि भाग लिएका थिए । तर, उनको गीत छनोटमा परेन । गीत लेखन आफ्नो पहिल्यैदेखिको रुचि रहेको गौतम बताउँछन् ।