रायुजा संवाददाता
काठमाडौं, १७ भदौ २०७७ । ‘कोराना सङ्क्रमणको बढ्दो जोखिमका कारण यसपालिको दशैँमा अनलाइनबाट टीका लाउने र दक्षिणा दिने अवस्था नआउला भन्न सकिएन । दिन दिनै कोरोना संक्रमण बढ्दै गईरहेको अवस्था छ । यो अवस्था दशैंसम्म पनि उस्तै रहेमा टिका तथा दक्षिणा पनि अनलाईबाटै आदनप्रदान गर्ने प्रचलन नआउँला भन्न सक्ने अवस्था छैन । विगतका वर्षहरुमा भिडभाड र तँछाडमछाड गर्दै नयाँ नोट साट्नेहरु यस पटक बाँच्न पाए हुन्थ्यो, कोरोना भगाउन पाए हुन्थ्यो । सबै स्वस्थ रहन पाए हुन्थ्यो । बाँचियो भने दशैं, टिका, आर्शिवाद, नयाँ पैसा त अर्को साल दमदार तरिकाले बनाउँदा पनि हुनेथियो भन्नेहरुको भिड धेरै देखिन्छ ।
यता फेरी मुलुकमा कोरोना कहर सुरु भएयता नेपाल राष्ट्र बैङ्कले ‘सकेसम्म डिजिटल कारोबार गर्नू’ भनी दिएको बारम्बारको निर्देशन दशैँमा पनि लागू गर्नुपर्ने अवस्था अहिले देखिएको छ।
कोरोना सन्त्रासका कारण सर्वसाधारणको मात्रै होइन विगतमा व्यवस्थित तरिकाले विभिन्न ठाउँमा ठूलै भीडभाडका साथ नयाँ नोट बाँड्ने गरेको नेपाल राष्ट्र बैङ्कले पनि यसपालि नयाँ नोट वितरणलाई साँघुरो बनाउने भएको छ ।
नेपाल राष्ट्र बैङ्क मुद्रा व्यवस्थापन विभागका कार्यकारी निर्देशक रेवतीप्रसाद नेपालले विषम परिस्थितिमा विगतमा जस्तो तामझामसाथ नयाँ नोट वितरण गर्ने अवस्था नरहेको भन्दै यस विषयमा असोजभरमा आवश्यक निर्णय लिइने बताउँछन् ।
यसपालि दशैँ आउन अझै समय रहेको हुँदा अहिले नै केही निर्णय लिने अवस्था नभएको भन्दै उहाँले कोरोनाको विषम परिस्थितिले के कस्तो अवस्था ल्याउँछ अझै हेर्न बाँकी रहेको जनाउनुभयो । त्यसकै आधारमा नयाँ नोट वितरण गरिने उहाँले बताउनुभयो । ‘फाट्टफुट्ट त बाँड्नैपर्ने हुन्छ तर पोहोर सालजस्तो हुँदैन नहुने नेपालको कथन रहेको पत्रपत्रिकामा खबर छ ।