रायुजा संवाददाता
१ नम्बर प्रदेश, विराटनगर–१८ भदौ २०७७ । ललितपुरको पुल्चोकमा रातो मछिन्द्रनाथको रथ तान्ने भक्तहरुमाथि प्रहरीले बल प्रयोग गरेपछि झपडको अवस्थामा पुगेको छ ।
स्थानीय प्रशासनले निर्देशन उल्लंघन गरेर कोभिड–१९ संक्रमण रोक्नका लागि सैयौंको संख्यामा स्थानीय झाँकीसहित भेला भएका रथयात्रीमाथि पहरीले बल प्रयोग गरेर तितरवितर बनाएपछि झडपको अवस्थामा पुगेको हो ।
प्रहरीले माइकिङ्ग गरेर रथ नतान्न निर्देशन दिए पनि नमानेपछि बल प्रयोग गरेको जानकारी दिएको छ।
जिल्ला प्रशासनले धार्मिक गतिविधिमा रोक लगाए पनि सयौँ संख्यामा मानिसहरु जम्मा भएका थिए । प्रहरी बाक्लो संख्यामा उपस्थित गराइएको छ। प्रहरीले बल प्रयोग गरेपछि निर्देशन अटेरी गरी भेला भएकाहरु तितरवितर भएका छन् ।