रायुजा संवाददाता
१ नम्बर प्रदेश विराटनगर २२ भदौ २०७७ । १ नम्बर प्रदेशमा सोमबार १ सय ५५ जना कोभिड–१९ कोरोना भाइरस संक्रमित थपिएका छन् । १ नम्बर प्रदेशमा हालसम्मको उच्च संक्रमण हो । संक्रमित मध्ये मोरङ र सुनसरीबाट हाराहारीमा सबैभन्दा बढी संक्रमित देखिएका छन् भने पालिकामा विराटनगर उच्च देखिएको छ ।
सामाजिक विकास मन्त्रालयका अनुसार सोमबार ५८ महिला र ९७ पुरुषमा कोरोना भाइरस संक्रमण देखिएको हो ।
मन्त्रालयका अनुसार मोरङबाट ६७, सुनसरीबाट ६६, झापाबाट १५, पाँचथरबाट ६ र उदयपुरबाट १ जनामा संक्रमण देखिएको छ।
प्रदेश राजधानी विराटनगर महानगरपालिकामा ५१ जनामा संक्रमित थपिएका छन् । विराटनगरमा थपिएका संक्रमितमा २० महिला र ३१ पुरुष रहेकाछन् । सुनसरीको इनरुवा नगरपालिकाबाट ४२ जना संक्रमित थपिए भने इटहरी उपमहानगरपालिकाबाट १५ जना थपिएका छन् ।
यसैगरी मोरङको रतुवामाई नगरपालिकाबाट ५ पुरुष, बेलबारी नगरपालिकाबाट ५ पुरुष, जहदा गाँउपालिकाबाट १ महिला २ पुरुष र धनपालथान गाँउपालिकाबाट ३ पुरुषमा संक्रमण देखिएको छ।
त्यसैगरि, सुनसरीको इनरुवा नगरपालिकाबाट २४ महिला १८ पुरुष, इटहरी उपमहानगरपालिकाबाट ५ महिला १० पुरुष, धरान उपमहानगरपालिकाबाट ४ पुरुष, दुहवी नगरपालिकाबाट २ पुरुष, रामधुनी नगरपालिकाबाट १ पुरुष, गढी गाँउपालिकाबाट १ महिला १ पुरुषको पिसिआर परिक्षण पोजिटिभ आएको छ।
झापाको कनकाई नगरपालिकाबाट ७ महिला ६ पुरुष, विर्तामोड र बाह्रदशीबाट समान १ पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। यस्तै पाँचथरको फिदिम नगरपालिकाबाट ६ पुरुष र उदपुरको बेलका नगरपालिकाबाट १ पुरुषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ। यससंगै प्रदेशमा हालसम्म कोरोना संक्रमितको संख्या ४ हजार १ सय ७७ पुगेको छ।
अर्कोतर्फ आज प्रदेशमा ५२ जना उपचारार्थ संक्रमितले कोरोना जितेर डिस्चार्ज भएका छन् । सुनसरी बराहक्षेत्रको रमानन्द आचार्य सेवा पीठ आईसोलेसन, चतराबाट ३१ जना, वि.जेनरल अस्पताल आईसोलेसन हरिनगरबाट १० जया, विराट मेडिकल कलेज आईसोलेसनबाट ५ जया, कालिसदन आईसोलेसन विराटनगरबाट ४ र मारवाडी सेवा सदन आईसोलेसनबाट १ जना डिस्चार्ज भएका हुन्। प्रदेशमा हालसम्म डिस्चार्ज हुनेको संख्या १ हजार ८ सय ९६ पुगेको छ।
त्यसैगरि, प्रदेशमा थप २ जना संक्रमितको उपचारका क्रममा निधन भएको छ। मोरङको विराटनगर र बुढीगंगाका गाँउपालिकाका समान १ पुरुषको कोरोना संक्रमणबाट निधन भएको हो। प्रदेश १ मा मृत्यु हुनेको संख्या ४३ पुगेको छ।