होमपेज कला/साहित्य साहित्यकार भक्ति घिमिरे “दुर्बोध”को समयसापेक्ष कविता : वर्तमान

साहित्यकार भक्ति घिमिरे “दुर्बोध”को समयसापेक्ष कविता : वर्तमान

43

हामी कुसुलेका पुलती
नाचिरहन्छौ, हाँसिरहन्छौं
टाउकामा घनले ठोके पनि
पैंतालामा किलाले रोपे पनि
सियोले मुटुमा घोचे पनि
चुलो नबले पनि
उपचार, औषधी नपाएर ढले पनि
मतपत्र कुरिरहन्छौं हामी
त्यसको सम्मान गर्न नजान्ने
ठेकेदारलाई पुजिरहन्छौं हामी ।

केले छेक्छ कुन्नि
देख्तैन बैठकले रोगी अशक्त
महामारी, पेटको आगो, भोकमरी
आँखा नदेख्ने कान नसुन्ने
भाग कहिल्यै नबिर्सने
हिल्लिरहन्छ, खिल्लिरहन्छ
छिल्लिरहन्छ दरबार ।

केका लागि बग्यो रगत
उजाडिए कोख, सिउँदो काखहरु
उजाडिए बस्तीहरु
जलाइए, टुक्रायाइए, भत्काइए
आस्था र विश्वासक धरोहरहरु
प्रश्न निरुत्तरित छन् मनभित्र
सरकार ……………..
विधान किन ? संविधान किन ?
निर्वाचन किन ?
भोजपुर, चरम्बी, हाल काठमाडौं

Shares